Comments Add Comment

चोरी शिकार नियन्त्रणका लागि वनमै वास

banbas-team-kapilbastu

२२ कात्तिक, काठमाडौं । जिल्ला वन कार्यालय कपिलवस्तुले जंगलमा हुने चोरी तस्करी नियान्त्रण गर्नका लागि विशेषको अभियान सुरु गरेको छ ।

पछिल्लो समय चोरी निकासी बढेपपछ जिल्ला वन कार्यलायको टोली जंगलमै वास बसेर चोरी निकासी नियन्त्रणको नयाँ प्रयास सुरु गरेका हुन् ।

अहिले कपिलवस्तको १५ वटा इलाका वन कार्यलायमा राउन्डिङको आधारमा विशेष क्याम्पिङ अभियान मार्फत वनजन्य पदार्थको चोरी निकासी रोक्ने कार्य सुरु गरिएको छ । वनमा वास गर्ने वन रक्षकहरुको टोलीलाई विशेष तालिम दिइएको छ ।

चोरी निकासी नियन्त्रणको लागि सम्भावित नाका र प्रभावित वन क्षेत्रहरुमा दिवा र रात्री गस्तीटोली परिचालन गरिएको जिल्ला बन कार्यलय कपिलवस्तुका उपसचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

कपिलवस्तुको राष्ट्रिय वन तथा पटना, पिपराको उत्तर, कपिलवस्तु अर्घाखाँचीको सीमाना, कपिवलस्तु साझेदारी वन, गौतम बुद्ध साझेदारी बन क्षेत्रमा पछिल्लो समय बढी काठ तस्करी भएको पाइएपछि निगरानी बढाइएको छ ।

वन बास क्यम्पिङको लागि कपिलवस्तुको पटनामा अहिले दुईवटा पालमा करिब १५ वन रक्षक र एक जना वनअधिकृतको कमाण्डमा वन बास समुह परिचालित छ ।

क्यम्पिङमा चाहिने टेन्ट, म्याट्रेस, स्लिपिङ ब्याग, सोलर लगायतका बन्दोबस्तीका सामग्रीसहित शासस्त्र वनरक्षकसहितको टोली परिचालन गरिएको जिल्ला वन कार्यलाय कपिलवस्तुले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment