Comments Add Comment

नयाँ स्वास्थ्य नीति बनाउन प्राविधिक सल्लाहकार समिति गठन

Gagan Thapa (2)
२२ कात्तिक, काठमाडौं । नयाँ स्वास्थ्य नीति बनाउन स्वास्थ्यमन्त्री गगनकुमार थापाले पाँच सदस्यीय प्राविधिक सल्लाहकार समिति गठन गरेका छन् । समितिमा सांसद डा. गणेश मण्डल, डा. रमेश कोइराला, डा. सुशील कुमार कोइराला, सुदिप पोखरेल तथा अमित अर्याल छन् ।

प्राविधिक सल्लाहकार समितिले स्वास्थ्य नीतिको संशोधन तथा परिर्माजनको खाका तयार पार्नेछ । समितिका सदस्यहरुले स्वयंसेवीका रुपमा उक्त समितिमा काम गर्नेछन् ।

मन्त्रीस्तरीय निर्णयअनुसार उक्त समिति कात्तिक २ गते गठन भएको थियो ।

यसअघि मन्त्री थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनर्संरचना समन्वय समिति गठन गरिसकेका छन् ।

सो समितिमा पूर्वस्वास्थ्य सचिव डा. प्रविण मिश्र, चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष डा. भगवान कोइराला, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशकद्वय डा. लक्ष्मीराज पाठक र डा. यशोवर्दन प्रधान छन् ।

यसैगरी जनस्वास्थ्य विज्ञ डा. रिता थापा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अर्जुन कार्की, वरिष्ठ सर्जन डा. सरोज धिताल, आर्युवेद विज्ञ डा. चन्द्रराज सापकोटा, कर विज्ञ डा. रुप खड्का, कानुनविद डा. रमेश बडाल र पुनर्संरचना विज्ञ त्रिलोचन पोखरेल पनि स्वास्थ्य नीति तथा पुनर्संरचना समन्वय समितिमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment