Comments Add Comment

अर्काको एटिएमबाट पैसा निकाल्ने तीन रोमानियाली पक्राउ

ATM-Booth

२२ कात्तिक, काठमाडौं । एटिएमको पिन नम्बर चोरी गरी अन्यको खाताबाट रकम निकालेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिआइबी तीन रोमानियाली नागरिकलाई पक्राउ गरेको छ ।

तीन रोमानियाली नागरिकहरु घिता, इयोसिस र एलेक्सलाई ठमेलबाट पक्राउ गरिएको सिआइवीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुले अन्य ब्यक्तिको पिन नम्बर चोरी गरी बैंकबाट पैसा निकाल्ने गरेको आरोप लागेको छ । इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम संकास्पद देखिएपछि बैंकले प्रहरीलाई खवर गरेको थियो । अनुसन्धानपछि तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको सिआइवी प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।

अभियुक्तहरुले इन्भेष्टमेन्ट बैंकबाट एकैचरणमा १० पटकभन्दा बढी रकम निकालेको देखिएपछि इन्भेष्टमेन्ट बैंक सजग भएको थियो ।

उनीहरुको साथबाट ३ लाख नेपाली रुपैयाँ, १० हजार युरो र ४७० फिलिपिनी मुद्रा बरामद गरिएको छ । त्यस्तै उनीहरुबाट हिडन क्यामरा र एटिएमको डाटा चोरी गर्ने उपकरणहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment