Comments Add Comment

अमेरिकी चुनाव र भारुको असरः १३ सयले महंगियो सुन

gold-sun-chadi
२४ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य एकैपटक तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला सुनको मूल्य ५६ हजार ९ सय रुपैयाँ थियो । बुधबार सुनको भाउ एकैपटक १३ सय रुपैयाँले बढेर ५८ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा देखिएको जनमतका कारण डलरको भाउ घट्दा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै महंगो भएको छ । यस्तै भारतले १ हजार र ५ सयका नोटमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि त्यसको असर पनि सुन बजारमा देखिएको हो ।

कालोधन लुकाउन भारतमा सुनमा लगानी गर्नेहरुका कारण माग बढेकाले पनि बजारमा सुनको मूल्य बढेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।

‘अमेरिकी चुनावको मतपरिणाममा नयाँ नीतिकासाथ आएका ट्रम्पको अग्रताले पनि यसमा असर पारेको हो,’ शाक्यले भने ।

तेजावी सुनको प्रतितोला मूल्य आज ५७ हजार ९ सय ५० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment