Comments Add Comment

मोदीलाई सलामगर्दै रजनीकान्तने भने – नयाँ भारतको जन्म भयो

rajani-kantमुम्बई । भारत सरकारले ५०० सय १००० को नोटको चलनचल्ती बन्द गर्ने निर्णयको बलिउड कलाकारले स्वागत गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धन नियन्त्रण गर्ने उपाय पत्ता लगाएको भन्दै अमिताभ बच्चनदेखी रजनीकान्त समेतले मोदीको प्रसंसा गरेका छन् ।

अमिताभले ट्वीट गर्दै भनेका छन् ‘पिंक रंगमा २००० को नोट यो ‘पिंक’ को प्रभाव हो । अजय देबगणले लेखेका छन् सुनारको सय चोट लोहारको एक ।

प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सलाम गर्दै रजनीकान्त लेख्छन् ‘अब भारतको नयाँ जन्म हुन्छ’ करण जौहरले मोदीको मास्टर स्कोट भनेर टिप्पणी गरेका छन् । परेश रावलले रमाइलो पारामा लेखेका छन् ‘आजको राती जसको घरमा बत्ति बल्छ सम्झनुस् त्यो घरमा नोट गन्ने काम भईरहेको छ ।’

मोदीलाई बधाई दिँदै अभिनेता ऋषि कपुरले भने ‘वाल स्टेडियमवाट बाहिर गयो बधाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment