Comments Add Comment

यसरी गरियो जात्राको प्रिमियर (फोटो फिचरसहित)

jatra-nepali-movie-9काठमाडौं । शुक्रवारदेखि प्रदर्शन हुने चलचित्र जात्राको भब्य पि्रमियर गरिएको छ । बुधवार बेलुका जयनेपाल चलचित्र भवनमा भएको प्रिमियर शोमा कलाकारहरुको बाक्लो उपस्थिती थियो ।

चलचित्र प्रदर्शन हुनु अघि हजार समाउ, लाख कमाउ अफर अन्तरर्गत विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा विपिन कार्की ‘भष्मे’ले स्कुटर बिजेतालाई स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा चलचित्रका कलाकार वर्षा राउत, प्रेक्षा बज्राचार्य, रबिन्द्र सिंह बानिया लगायतको उपस्थिती थियो ।

नेपाली चलचित्रमा प्रस्तुत गरिँदै आएको हाँस्य शैलिलाई फरक ढंगमा प्रस्तुत गरिएको भन्दै धेरैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।

नेपाली फिल्म हेरेर मनोरञ्जन लिने दर्शकका लागि जात्रा वास्तवमै शसक्त बनेको चलचित्र हेर्नेहरुको प्रतिक्रिया थियो । प्रदिप भट्टराइको निर्देशनमा बनेको जात्रा भोलि शुक्रवारदेखि मुलुकभर प्रदर्शन हुने भएको छ ।

jatra-nepali-movie-1

jatra-nepali-movie-2

jatra-nepali-movie-3


jatra-nepali-movie-7
jatra-nepali-movie-10 jatra-nepali-movie-11 unnamed

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment