Comments Add Comment

बायुसेवा निगमको नयाँ एयरबसका लागि ९ कम्पनीको आवेदन

nac-nepal-airlince
२५ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा नयाँ एयरबस खरिदका लागि आव्हान गरेको बोलपत्रमा ९ कम्पनीले चासो देखाएका छन् ।

निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारकाअनुसार युरोपसहित अमेरिका तथा दुबईका विभिन्न ९ वटा कम्पनीले नयाँ एयर बस खरिदमा लागि बोलपत्रमा आवेदन दिएका छन् । आवेदन गर्ने कम्पनीको विवरण आज सार्वजनिक गर्ने तयारी भइरहेको कंशाकारले अनलाइनखबरसँग बताए ।

‘नयाँ एयर बस खरिदका लागि आवेदन दिएका कम्पनीहरुको टेन्डर मूल्याङकन गर्न कमिटी गठन भइसकेको छ’, उनले भने ‘अबको केही सातामै टेन्डर मूल्याङकन भइ नयाँ एयरबस खरिदको लागि संस्था वा कम्पनी छनौट हुन्छ ।’

टेन्डर मूल्याङ्कन कमिटिले आवेदन दिने कम्पनीको आर्थिक, प्राविधिक लगायतका पाटाहरु मूल्याङकन गरेर मात्रै कम्पनी छनौट गरिने उनले बताए ।

निगमले ४५ दिनको समय दिएर सेप्टेम्बर २६ मा नयाँ एयरबस खरिदका लागि बोलपत्रको सूचना प्रकाशन गरेको थियो । निगमले ए ३००-२०० एयर बसका लागि एयरबस, एयरलाइन्स कम्पनीहरु र विमान भाडामा लिएका कम्पनीहरुले टेण्डर भर्न सक्नेगरी बोलपत्र आव्हान गरेकेा थियो ।

नेपाल सरकार जमानी बसेपछि कर्मचारी संचयकोषले वायु सेवा निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिने तयारी गरेको छ ।
निगमले झण्डै २६ अर्ब रुपैयाँ खर्च गरेर विमान गरिद गर्ने तयारी गरेको थियो ।

निगमले खरिद प्रक्रियाका सबै काम सकेर अर्को असोजमा पहिलो र चैतमा अर्को विमान ल्याइसक्ने लक्ष्य राखेको छ ।

नयाँ विमान आएसँगै नयाँ गन्तव्यको उडानको लागि समेत निगमले तयारी गरिरहेको छ । निगमले नयाँ एयर बस खरिद गरेपछि कोरिया, जापान तथा साउदी अरबमा समेत सीधै उडान गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment