Comments Add Comment

नम्रताको हिरो बन्न चाहन्छन् निराजन

nirajan-pradhan-1काठमाडौं । दुइसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका निराजन प्रधान अहिलेका चलेका मोडलको सूचीमा पर्छन् । नेपालका सबै नायिकासँग काम गरिसकेका निराजन नम्रता श्रेष्ठसँग काम गर्न चाहन्छन् । नम्रतासँग कुराकानी राम्रै हुने गरे पनि स्क्रिन शेयर गर्न भने पाएका छैनन् । तर, उनी आशावादी छन् । भन्छन् ‘नम्रताको हिरो बन्ने दिन पक्कै आउँछ ।’

संयोगले मोडल बनेका मोडल हुन् निराजन । अभिनयमा आउँछु भन्ने कुनै योजना थिएन । यतिसम्म कि उनलाई अभिनय कसरी गर्नुपर्छ समेत थाह थिएन ।

फुर्सदको बेला काठमाडौमा दिन कटाउने क्रममा उनको संगत  रोहित रुम्बासँग थियो । जतिवेला उनको भेट भएको थियो त्यतिवेला रोहित अभिनयमा सक्रिय थिए तर, निराजनको कुनै काम थिएन । रोहितलाई फुर्सद हुँदा उनी रोहितसंगै घुम्थे ।

चलचित्र विकास बोर्डले सुर्खेतमा चलचित्र महोत्सब गर्दै थियो । त्यसैको रिहर्सलमा ब्यस्त थिए रोहित लगायत अन्य कलाकार । एकदिन रोहितले भने ‘कति कोठामा बस्नु हिँड रिहर्शन हेर्न जाम ।’ निराजन पनि रोहितसंगै गए ।

रिहर्शल चलचित्र विकास बोर्डमा हुँदै थियो । टिममा एकजना नाँच्ने मान्छको कमी रहेछ । नृत्य निर्देशक गोबिन्द राईले निराजनलाई हेर्दै भने ‘तपाई पनि एक पटक ट्राइ गर्नुस न त’ ।

निराजनलाई अचम्म लाग्यो । कहिल्यै स्टेज नटेकेको मान्छे । के गरौं के गरौं भयो । ‘ट्राई गर न त’ रोहितले पनि हौस्याए । उनी स्टेजमा गए र अरु कलाकारसंगै कम्मर मर्काए ।

पहिलो पटक स्टेज टेकेका निराजनलाई त्यहा उपस्थित कलाकारले ‘गज्जब’ भनेर टिप्पणी गरे । भोलिपल्टै सुर्खेत पुगे कलाकारको टोलीसंगै । सुर्खेतमा पुगेपछि एकछिन मात्रै प्राक्टिस गरे ।

जब उनी स्टेजमा पुगे । मास देखेपछि अचम्म लाग्यो । उनी भन्छन् ‘मैले के गर्छु होला केहि सोच्नै सकिन् अगाडी त पुरै ब्लाइण्ड’ ।

नीता ढुंगाना, सुमिना घिमिरे, यशराज गराच लगायत चलेका कलाकारहरुसंगै नाँचे निराजन । कसरी नाँचे, कस्तो नाँचे केही थाह पाएनन् । जब स्टेज पर्फम सकियो त्यसपछि उनलाई लाग्यो । ‘अलि धेरै वेर गर्न पाएको भए’ ।

जब सुर्खेतवाट फर्किए । त्यसपछि नीराजनलाई लाग्यो । डान्स सिकें भने मैले पनि केहि गर्न सक्छु । त्यसपछि नरेशबीरसँग डान्स सिके ।

यहि क्रममा उनको नायक यसराज गराचसँग हिमचिम बढीसकेको थियो । यसराजले राम्रै सहयोग गरे उनलाई । उनी भन्छन् ‘यशराज दाईले मलाई निकै सघाउनु भयो।’

nirajan-pradhan-2

नम्रतासँग काम गर्ने धोको

नेपालका लगभग सबै हिरोइनसँग काम गरेका निराजनलाई एक पटक मात्रै भएपनि नम्रता श्रेष्ठको जोडी भएर काम गर्ने रहर छ । चलचित्र ‘क्लासिक’ मा केमियो भुमिका निर्वाह गरेका निराजनले नम्रतासँग कुराकानी त गरे । तर, जोडि भएर अभिनय गर्न पाएनन् ।

‘उहाँ अलि सेलेक्टिभ हुनुहुन्छ त्यसकारण काम गर्न पाएको छैन । उहाँसंगै छमछमी नाँच्ने रहर छ ।’ स्व. आलोक नेम्वाङसँग काम गर्दा नै उनले भनेका थिए ‘म नम्रतासँग नाँच्न चाहन्छु’ ।

वर्षा राउतसँग तँ चल्छ

वर्षा राउतसँग सबै भन्दा धेरै भिडियोमा काम गरेका छन् । २० भन्दा बढी भिडियोमा वर्षाको जोडी बनेका निराजन मन मिल्ने हिरोइन पनि वर्षा नै भएको बताउछन् । ‘सम्बन्ध त मेरो सबैसँग राम्रो छ तर, तँ तँ र म म समेत चल्ने भएकाले वर्षासंगै घनिष्ट छु कि जस्तो लाग्छ’ उनले भने ।

वर्षाको चुल्बुले क्यारेक्टरवाट प्रभावित नीराजनले उनको काम गर्ने शैलिको पनि तारिफ गरे ।

केकीको एक्सप्रेशन, प्रियंकाको फिगर

केकी अधिकारीसंग उनले पाँचवटा भिडियोमा काम गरेका छन् भने पि्रयंकासंग एउटा मात्रै । हरेक नायिकाको आ-आफ्नै स्टायल देखेका निराजनले केकीको एक्सप्रेशनको प्रसंसा गरे । उनी भन्छन् ‘पि्रयंकाको फिगरले जुन एक्सप्रेशन दिन्छ त्यो अरुमा पाइदैन’ ।

फिल्म छानेर मात्रै

यो विचमा उनलाई धेरै फिल्मवाट प्रस्ताव आएको छ । तर, कमजोर फिल्ममा काम गरेर पछुताउने पक्षमा छैनन् । अहिलेका दर्शक चुजी छन् भन्ने बुझेका निराजन दर्शक सन्तुष्ट हुने विषयमा मात्रै काम गर्ने योजनामा छन् । ‘जस्तो तस्तो फिल्म खेलेर अर्थ छैन, राम्रो विषय भयो भने मात्रै काम गर्छु’ निराजनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment