Comments Add Comment

नवल खड्काको अध्यक्षतामा खुल्यो नयाँ निर्माता संघ

nisha-and-nabalकाठमाडौं । राजकुमार राई नेतृत्वको चलचित्र निर्मातासंघले आर्थिक हिनामिना गरेको भन्दै असन्तुष्ट निर्माताहरुले नवल खड्काको अध्यक्षतामा चलचित्र निर्माता संघ नेपाल गठन गरेका छन् । बिहीवार काठमाडौमा भएको भेलाबाट सर्वसम्मत रुपमा संघको गठन गरिएको हो ।

संघको सह-अध्यक्षमा उदय सुब्बा, वरिष्ठ उपाध्यक्षमा लय संग्रौला, उपाध्यक्षमा सुस्मिता केसी र हिक्मत थपलिया सर्वसम्मत चयन भएका छन् भने महासचिवमा विमल पौडेल रहेका छन् । यस्तै सचिवमा मनोज श्रेष्ठ, सहसचिवमा किसन पोख्रेल र सचिवमा कृष्ण चौलागाई चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मुनाल घिमिरे, अर्जुन कार्की, मदन कुमार इन्गनाम, गंगाप्रसाद पोखरेल, रामकृष्ण न्यौपाने, निरज ढकाल ,भूपेन्ऽ लिंदेन (मन्त्री), निर्मल लामा र विरेन्ऽ सिंह रहेका छन् ।
नेपाली चलचित्रमा व्यवसायिक, व्यवसायिक र पारदर्शिता हुनुपर्ने, आदीबासी, जनजाती र मौलिक चलचित्र निर्माण तथा प्रदर्शनमा राज्यले स्थान दिनुपर्नेलगायतका एजेण्डाका साथ चलचित्र निर्माता संघ नेपालको गठन गरिएको खड्काले बताए ।

विगतमा चलचित्र क्षेत्रलाई स्थापित गर्न भन्दै विभिन्न संघसंस्था खुलेको भएपछि त्यसले सोचेजति राष्ट्रिय र राष्ट्रियताको पक्षमा काम गर्न नसकेको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसरि निर्माताहरुकै प्रतीस्पर्धी संघ खुलेको यो पहिलो पटका होईन । अशोक शर्मा निर्माता संघको अध्यक्ष भएको बेला राजकुमार राईले राष्ट्रिय चलचित्र निर्मातासंघ गठन गरेका थिए भने पछि राइको संघ शर्मा नेतृत्व संघमा विलय भएको थियो ।

अहिले नयाँ संघ खोल्नेहरुले निर्माता संघका अध्यक्ष राजकुमार राईले भवन निर्माण कोषको रकम हिनामिना गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment