Comments Add Comment

चुरी अर्याल हत्याका अभियुक्तहरु ९ महिनापछि पक्राउ

२८ कात्तिक, बुटवल । रुपन्देहीको सैनामैना १ बनकट्टामा २०७२ माघ २९ गते भएको चुरी अर्याल हत्याका अभियुक्तहरु पक्राउ परेका छन् । हत्या भएको ९ महिनापछि दुई महिला र एक पुरुषलाई पक्राउ गरी बुटवल प्रहरीले सार्बजनिक गरेको हो ।

uma-kalpana-and-santosh-arrested-churi-aryal-murder-caseहत्या आरोपमा पक्राउ परेकाहरुमा सैनामैना-१ बनकट्टाकी ३० वर्षीया उमादेबी बिक, सैनामैना १२ की ३० व्षीया कल्पना खनाल र सोही स्थानकै २५ वर्षीय सन्तोष थापामगर छन् ।

सन्तोष थापा कात्तिक १४ गते राति बुटवल ५ ज्योतिनगरका बिरबहादुर गुरुङको हत्या अभियोगका अभियुक्तसमेेत हुन् । उनले अहिलेसम्म २ जनाको हत्या गरेको खुलेको छ ।

जग्गा पास भइ घरमा रहेको १ करोड १७ लाख रकम चोर्ने मनसायले गत वर्ष माघ २९ गते चुरी अर्यालको हत्या भएको थियो । अर्यालको हत्यामा उनकै साथी समेत रहेकी र कहिलेकाहीँ सँगै बस्ने गरेकी उमादेबी बिकसमेत संलग्न रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बुद्धिराज गुरुङले पत्रकार सम्मेलनमा बताए ।

उनीहरुको साथबाट हत्यामा प्रयोग गरिएको हँसिया १ थान, मोवाइल २ थान र सिमकार्ड २ थान बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment