Comments Add Comment

छोराको करिअरका लागि अनिलले मागे सलमानसँग सल्लाह

anil-and-salmanहर्षवर्धन कपुरको एक अभिनेताको रुपमा बलिउड डेब्यु सोचे जस्तो नभएपछि अनिल कपुर अहिले चिन्तित छन् ।

उनको पहिलो चलचित्र ‘मिर्जिया’ बक्सअफिसमा असफल भयो । यो निर्देशन राकेश ओमप्रकाश मेहराको करिअरकै ठूलो चलचित्र पनि थियो । अव छोराको करिअर राम्रो बनाउनका लागि अनिल कपुरले सलमान खानसँग सल्लाह मागेका छन् ।

अनिलले सलमानसँग भनेका छन् कि उनी हर्षलाई उसको करिअर सही दिशामा ल्याउनका लागि पथ प्रदर्शन बनुन् । सुत्रका अनुसार ‘अनिल चाहन्थे कि छोरा हर्ष ठूलो बजेटको रोमान्टिक कमेडी फिल्मबाट डेब्यु गरुन् तर उनले मिर्जिया रोजे ।’

हर्षको बारेमा यो कुरा चर्चामा छ कि उनी हरुको कुरै सुन्दैनन् । तर अहिले उनी बिक्रमादित्य मोटवानीको चलचित्र ‘भावेश जोशी’मा अभिनय गरिरहेका छन् । यसपछिउनी श्रीराम राघवनको एक चलचित्रमा देखिन सक्छन् । म्युजिकमा आधारित डार्क थ्रीलर फिल्मबारे उनीहरु कुराकानीका चरणमा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment