Comments Add Comment

माधव नेपालको चुनौती: संविधानमा मधेसविरोधी दफा देखाउ

Madhav kumar nepal

२९ कात्तिक, लहान । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले मधेसविरोधी पार्टी कसरी भयो प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

सिरहाको लहानमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेलाई मधेसविरोधी पार्टी भन्ने प्रचारबाजी गर्नु गलत भएको बताए ।

अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेको उनले बताए । संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिँदै उनले भने, ‘छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा पनि अहिलेको संविधान उत्कृष्ट छ, यदि संविधानमा मधेसविरोधी कुनै दफा,उपदफाहरु छन् भने मधेसवादी दलहरुले देखाउन् ।’

अमेरिकामा ५५ प्रतिशतले संविधान बनाए, भारतमा ६० प्रतिशतले, तर नेपालमा ९० प्रतिशतले संविधानलाई मन पराएका छन्, उनले भने, संविधान बन्दा केही असन्तुष्टि हुनु स्वाभाबिक हो, पछि सबैको चित्त बुझिहाल्छ ।’

अङ्गीकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जान पाउनुपर्ने माग गलत भएको भन्दै एमाले नेता नेपालले अङ्गीकृत नागरिकता लिएकालाई राष्ट्राध्यक्ष, प्रधानमन्त्री बनाउने माग कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment