Comments Add Comment

एमालेका जनजातिको ठहर- बहुराष्ट्रियताको बहस घातक

पृथ्वीसुब्बा गुरुङ लोकतान्त्रिक आदिवासी जनजातिको अध्यक्षमा सर्वसम्मत

ps-gurung

३० कात्तिक, काठमाडौं । नेकपा एमाले आबद्ध आदिवासी जनजातिहरुको छाता संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघले पहिचानको नाममा बहुराष्ट्रियताको कुरा उठ्नु घातक ठहर गरेको छ । महासंघले तराई र पहाडलाई अलग गरेर प्रदेशहरुको पुनः सिमांकन गर्ने मागलाई समेत षडयन्त्रपूर्ण भनेको छ ।

महासंघको मंगलवार सम्पन्न पहिलो महाधिवेशनले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिको अधिकारलाई संस्थागत गर्दै सम्बृद्धि र पहिचानको आन्दोलन सँगै लैजाने निर्णय गरेको छ ।

महासंघ स्थापनाको १० वर्षपछि भएको पहिलो महाधिवेशनले एमाले सचिव पृथ्वीसब्बा गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । गुरुङ महासंघका संस्थापक अध्यक्ष हुन् ।

अध्यक्षका लागि ओली पक्षबाट गोकुल घर्ती र माधव नेपाल पक्षबाट शेरबहादुर तामाङ र परशुराम मेघी गुरुङले दावी गरेका थिए । तर पृथ्वीसुब्बा गुरुङले दोहोरिन खोजेपछि सर्वसम्मत नेतृत्व चयन गरिएको स्रोतले जनाएको छ ।

चुनाव गर्दा राम्रो सन्देश नजाने र पार्टीमा गुटगत प्यानल नबनाउने निर्णय भएकाले नेपाल पक्षले बहुमत पदाधिकारी लिएर अध्यक्षमा ओली पक्षका गुरुङलाई स्वीकार गरेको हो ।

महासंघको उपाध्यक्षमा नेपाल पक्षकै शेरबहादुर तामाङ चुनिएका छन् । उनी सिन्धुपाल्चोक क्षेत्रनम्बर ३ का सांसद हुन् । त्यस्तै महासचिवमा पनि नेपाल पक्षकै पोलिटव्यूरो सदस्य परशुराम मेघी गुरुङ सर्वसम्मत भएका छन् ।

उपाध्यक्षमध्ये तिलकुमार मेन्याङबो, पासाङ शेर्पा, शरण राई, कृपासुर शेर्पा, भद्रवहादुर थापा, शान्ता चौधरी र चित्रबहादुर थापा चयन भएका छन् ।

उपमहासचिवमा टासी लामा र बिजय लोप्चन चुनिएका छन् ।

त्यस्तै सचिवमा रामचन्द्र बल, पिके राई, शारदा कुमाल र देवराज राई निर्वाचित भएका छन ।

कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी चुनिएको महासंघले जनाएको छ ।

शुरुमा १५० जना केन्द्रीय सदस्य चुनिएका थिए । केन्द्रीय समितिबाट पदाधिकारी चयन भएका हुन् ।

मंगलवार केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा महासचिव इश्वर पोखरेल, सचिवहरु गोकर्ण विष्ट, प्रदिप ज्ञवाली लगायतले नवनिर्वाचित नेतृत्वलाई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment