Comments Add Comment

तमोर नदीको मोटरेबल पुलको निर्माण सुरु भएन

Dovan-Pul--tamor१ मंसिर, ताप्लेजुङ । गत साउनमा बाढीले बगाएको ताप्लेजुङको दोभानस्थित तमोर नदीको मोटरेवल पुलको काम अझै सुरु हुन सकेको छैन ।

साढे छ वर्षअघि तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङद्वारा शिलन्यास भएको सो पुल साउन १ गते आएको बाढीले बगाएको थियो । कन्काई इन्टरनेशनल विल्डर्स कम्पनीले निर्माणको जिम्मा लिएको सो पुल वर्षाको समयमा निर्माण सुरु गरेकाले बगाएको र अहिले हिउँदमा समेत पुन काम नगर्दा पुलको भविश्य अन्योलमा परेको स्थानियको भनाइ छ ।

कुल १० करोड ३५ लाख ९८ हजार रुपैयाँ बराबरको लागतमा निर्माण हुँदै आएको ७५ मिटर लम्बाई रहेको पुलको निर्माण कार्य ५० प्रतिशत बढी सम्पन्न भएको थियो । आधा काम सकिएको पुल बगाए पनि मंसिर अन्त्य देखि पुन काम सुरु गर्ने बताएको सो कम्पनीले अझै काम सुरु गरेको छैन ।

क्षेत्र नंबर १ र २ जोड्नेगरी निर्माण हुँदै आएको जिल्लाकै महत्वपुर्ण मानिएको सो पुल निर्माणमा कम्पनीले लापरबाही गर्दा जिल्लाले ठूलो क्षति बेहोर्नु परेको क्षेत्रनंबर २ बाट निर्वाचित संसद डम्बरधोज तुम्बाहाम्फेले बताए ।

केही महिनाअघि पनि कम्पनी र ठेकेदार वीच चाँडै काम सुरु गर्ने विषयमा सहमति भएकाले अब केही दिनमानै काम सुरु गर्ने आफूलाई आस्वासन दिएको उनको भनाइ छ । सो पुल निर्माण सम्पन्न भए सुनसरी धरानदेखि धनकुटा, तेह्रथुमको बसन्तपुर, संखुवासभा गुफा पोखरी हुँदै ताप्लेजुङ सदरमुकाम फुङ्लिङसम्म छोटो सडक मार्गले जोड्न सकिने उत्तर दक्षिण ओलाङ्चुङ्गोला लोकमार्गका प्रमुख ईन्जिनियर कुबेर नेपालीले बताए ।

पुल निर्माण सम्पन्न भएपछि कोशी सडक मार्गमार्फत यहाँबाट तराईको जिल्ला सुनसरी पुग्नलाई मेची राजमार्ग भन्दा झण्डै ६३ किलोमिटर छोटो दूरी पर्ने नेपालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment