Comments Add Comment

नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेको परिवारलाई आर्थिक सहयोग

snajaya-neupaneअमेरिका । नेपाल अमेरिका पत्रकार संघ नेजाले स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा छोरीको शिक्षाका आर्थिक सहयोग गरेको छ ।

नेजाले अमेरिकामा संकलन गरेको १० हजार ५ सय ८८ डलर  बैंक अफ अमेरिकामा रहेको नेजाको चल्ति खाताबाट नेपाल पत्रकार महासंघको बैंक खातामा पठाइएको छ ।

२०१६ नोभेम्बर १५ सम्म यो रकम सङ्कलन भएको हो । यो रकम स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा, छोरीको शिक्षामा खर्च गर्ने गरी नेजाले नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेको हो ।

न्यौपानेका छोरा, छोरीको नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा मात्रै खर्च गर्ने गरी नेपालको कुनै वाणिज्य बैंकमा संकलित रकम राखिनेछ । यो बैंक खाताको संरक्षक स्वर्गिय न्यौपानेकी श्रीमती रहने नेजाले जनाएको छ ।

नेजाले केही दिनअघि नेजा सदस्यसमेत रहेका नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेको थियो । समितिको सदस्यहरूमा विजय घिमिरे, सुरेशचन्द्र पोखरेल,
प्रतिमा वास्कोटा, इश्वरी न्यौपाने र विष्णु शीतल रहेका छन् ।  संयोजकसहित समितिका सम्पूर्ण सदस्यलाई नेजाले  धन्यवाद दिएको छ ।

सहयोग गर्नेहरुको नामावलीे अफिसियल फेसबुक पेज र वेभसाईटमा राखिने नेजाले जनाएको छ । न्यौपानेको उपचारका लागि सहयोग संकलन सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment