Comments Add Comment

‘किङ’को टिजरमा निखिलको एक्सन, वेनिशासँग रोमान्स

nikhil and benisha shoot king
पौष २९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘किङ’को टिजर रिलिज गरिएको छ । नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको यो चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । तर, चलचित्रकी मुख्य नायिका वेनिशा हमाल र निखिललाई फिचर गरिएको एक गीत पनि टिजरमा प्राथमिकताका साथ राखिएको छ ।

सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा बनेको यो चलचित्रमा नायक अनुप विक्रम शाही खलनायकको भूमिकामा देखिएको टिजर हेरेर वुझ्न सकिन्छ ।

चलचित्रको मेकिङ र छायांकन पक्ष उच्च रहेको टिजर हेरेर अनुमान लगाउन सकिन्छ । दशैबाट प्रदर्शन मिति सरेर ‘किङ’ पौष २९ गते सरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment