Comments Add Comment

जीतु नेपालको ‘आजको डायरी’: ‘सिन्धुपाल्चोकमा ८ वटा बोका वितरण’

daily-diary-jitu-nepal
म सधै नै बिहान ६ बजे उठ्छु । सधै उठेर फ्रेस भएपछि मर्निङ वाक जाने गर्छु । तर, आज म गइनँ । आज बिहानै सिन्धुपाल्चोक जानुपर्ने भएकाले पनि म त्यतातर्फ लागेँ ।

आफै गाडी हाकेर म बिहान ११ बजे सिन्धुपाल्चोक पुगेँ । सुकुटेमा मेरी दिदीको घर छ, त्यहाँ खाना खाएँ । सिन्धुपाल्चोकको फूलपिङ गावीसमा मेरो आफ्नै घर छ । म जन्मिएको नै त्यही हो । त्यहाँ हामी केहि साथीभाई मिलेर संचालन गरेको कृषि र्फम छ ।

‘सुनकोशी कृषि र्फम’बाट आज गाउँलेहरुलाई बोका वितरण गर्ने कार्यक्रम थियो । त्यो फर्म अन्र्तगत रहेर नाडेख नामक संस्थाले बोका वितरण गरेको हो । ११ बजे म सिन्धुपाल्चोक पुगेपनि सोहि कार्यक्रममा सहभागी भएँ । हिजो पनि कार्यक्रम थियो, तर म जान पाएको थिइनँ ।

पाङ्ग्रेटार गावीस वडा नम्बर ९ का कृषकलाई हामीले ८ वटा बोका वितरण गरेका हौँ । आज दिनभर मेरो, यहि काममा नै वित्यो । कृषकहरुलाई परामर्श दिने, दाना-घास खुवाउने तरिका सिकाउने लगायतका काम गरेरै वित्यो ।

आफूसँगै पढेका साथीहरुसँग भेट भयो, बुढा आमा-बुबाहरुसँग गफ गर्दा खुबै रमाइलो लाग्यो । अहिले म सिन्धुपाल्चोकबाट घर र्फकदै छु । घर पुगेर छोराछोरीको कुरा सुन्छु । बेलुकी एकछिन समाचार हेर्ने गर्छु । म बेलुकी खाना खान्नँ । घरमा पुगेर फेसबुक चलाउने मेरो बानी छैन ।

आजको दिन एकदमै राम्रोसँग वित्यो । म आजको दिनलाई ५ मा ५ नै दिन्छु । यती उपलब्धीपूर्ण दिन कमै मात्र हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment