Comments Add Comment

शंकर वीसीको ‘आजको डायरी’: ‘पार्वतीसँग दिनभर भिडियोको सुटिङ’

shankar bc
म बिहान प्राय साढे ६ बजेसम्म उठिसक्छु । बिहान उठेपछि सामान्यतया म फ्रेस भएर ब्रेकफास्ट खान्छु । आज सुटिङ भएकाले म कपडा र चश्मा किन्न पसल गएँ । आज एउटा लोक गीतको सुटिङ भएकाले पनि कपडा र चश्मा चाहिएको थियो । यसपछि, कपाल बनाउनु थियो । सैलुनमा गएर कपाल बनाएँ ।

रत्नपार्कमा भिडियो सुटिङ भएकाले त्यहाँ पुगेँ । दिनभर जसो नै सुटिङमा व्यस्त भइयो । कुलेन्द्र वीक र विष्णु माझीको आवाजमा रहेको गीतको छायांकन थियो । हामीले खाना बेलुकीको ५ बजे मात्र खायौ । दिउँसो त उही चाउचाउ खाएर नै काम गरिन्छ । खाना खाने समय नै हुँदैन । म्यूजिक भिडियो एक दिनमै सक्नुपर्ने हुन्छ, यसैले पनि खानातिर भन्दा काममा बढी सोच जान्छ ।

पार्वती राई र म मोडल रहेको भिडियोको निर्देशन मैले नै गरेको हुँ । भिडियो छायांकनमा एकदमै रमाइलो भयो । यसपछि, पौष ५ गते आयोजना हुन लागेको नेपाल चलचित्र प्राविधिक संघको अवार्डको तयारीको छलफल थियो । अवार्ड कसरि गर्ने, कोरियोग्राफी कुन–कुन गीतमा गर्ने भन्ने बिषयमा मिटिङ थियो । सो मिटिङमा सहभागी भएर म घर आइपुगेको छु । हिजो पनि रातभरि गीतकै सुटिङ भएकाले सुत्न पाएकै छैन । आफू कामको पुजारी भएका कारण पनि, काम गर्न अल्छी लाग्दैन ।

भोली पनि अर्को एउटा गीतको छायांकन छ । अहिले सोही गीत सुनिरहेको छु । बेलुकी अब खाना खाएर टीभी हेर्ने, मोबाइल चलाउने गर्छु । १० बजेसम्म त म सुतिसक्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment