Comments Add Comment

सांसदको तलब भत्ता वृद्धिको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्ने

७ मंसिर, काठमाडौं । सांसदहरुको तलब भत्ता वृद्धि गरिएको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

Students_Meeting
फाइल तस्वीर

‘जनताको घरमा चुलो बल्न सकेको छैन । आफ्नैमात्र सम्वृद्धिको कुरा गरेर हुँदैन,’ अनेरास्ववियु अध्यक्ष नबिना लामाले अनलाइनखबरसँग भनिन्, ‘सांसदहरुको बृद्धि भएको तलब भत्ता कुनै हालतमा फिर्ता हुनुपर्छ ।’

उनले तलब भत्ता बृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताइन् ।

यसैगरी अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुबिधा आफैले बढाउने निर्णय गरेर सांसदहरुले नैतिकता गुमाएको टिप्पणी गरे । भूकम्पपीडित सुरक्षित बास नपाएर पीडामा बाँचिरहेका बेला जनताका प्रतिनिधि भनिएका सांसदहरुले मोजमस्ती गर्न खोजेकाले आन्दोलनमा जाने उनले बताए ।

‘राजनीति प्राप्तीमात्रै होइन त्याग गर्ने ठाउँ पनि हो,’ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका प्रवक्ता बस्नेतले अनलाइनखबरसँग भने, ‘बजारको नाफा नोक्सानको हिसाब गर्दै आफ्नो तलब भत्ता बढाएर सांसदहरुले नैतिकता गुमाए ।’

‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पास गरेको थियो । यससँगै सांसदहरुले गत साउन महिनादेखि लागू हुने गरी मासिक एक लाख बढी तलब भत्ता बुझ्नेछन् । आफ्नो तलब आफै बढाउने निर्णय गरेपछि सांसदहरुको सर्बत्र आलोचना भइरहेको छ ।

हेर्नुहोस् सांसदहरुको बढेको तलब भत्ता

samsad-subidha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment