Comments Add Comment

गायिकाको खुलासाः ‘मसँग रात बिताउन चाहने धेरै थिए’

HEMA SARDESAI at the annual party of Bright Advertising and Outdoor Media , hosted by Yogesh Lakhani of Bright Advertising at Royal Palms , Goregaon (E)

बलिउडमा काष्टिङ काउचको शिकार केबल नायिका र मोडल मात्र हुन्छन् भन्ने छैन । कतिपय गायिका पनि यसको शिकार भएका छन् । गायिका एवं आईटम गर्ल हेमा सरदेसाईले संघर्षको क्रममा आफूलाई धेरैले खराब नजरले हेरेको बताइन् । ‘बलिउडमा खराब मान्छेहरुको भिड छ, मलाई कोहि पनि असल लागेन, म जुन स्टुडियोमा जान्थेँ त्यहाँ मलाई खराब आँखाले हेर्थे ।’ एक अन्तरवार्ताको क्रममा उनले भनिन् । ‘ति सब मान्छेहरु मसँग सुत्न चाहन्थेँ ।’

त्यो अवस्थामा पनि आफुले संगीतलाई पूजा गरेको कारण आफू डिप्रेशनको शिकार नभएको उनको भनाई थियो । मुम्बईको महाराष्ट्रमा जन्मिएकी यी गायिकाले केहि महत्वपूर्ण उपलब्धि हात पारेकि छिन्, जुन उपलब्धी अन्य गायिकाले हासिल गर्न सकेका छैनन् ।

सन् १९८९ मा जर्मनमा भएको इन्टरनेशनल ‘पप सङ फेष्टिभल’मा उनले ग्रयाण्ड पिक्स अवार्ड पाएकि थिइन् । यसको अतिरिक्त लता मंगेशकरलाई छाड्ने हो भने ५० औ स्वतन्त्रता दिवसमा प्रस्तुति दिने उनी एक्ली गायिका हुन् ।

उनले सन् १९८९ मा हिन्दी चलचित्र ‘गुञ्ज’वाट बलिउडमा डेब्यु गरेकि थिइन् । उनले अहिलेसम्म ६० बढी हिन्दी चलचित्रमा स्वर दिएकी छिन् । आनन्द मिलिंग, अनु मलिक, ए आर रहमान, प्रीतम जस्ता संगीतकारसँग उनले काम गरेकि छिन् ।

उनले साहरुख खान, अमिताभ बच्चन जस्ता चर्चित बलिउड नायकहरुसँग केहि चलचित्रमा गीत पनि गाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment