Comments Add Comment

ढाका टोपी लाएर रामदेवले भने-माता सीता र बुद्धको पवित्र भूमि टेकेँ

baba-ramdev

७ मंसिर,काठमाडौं । भारतीय चर्चित योग गुरु रामदेवलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरिएको छ ।

वीरगन्जमा योग शिविर सन्चालन गर्न नेपाल आएका रामदेवलाई स्वागत गर्न गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंह लगायतका व्यक्ति विमानस्थलमा पुगेका थिए ।

रामदेवलाई नेपाली पन झल्काउन ढाका टोपी र बुद्धमार्गीहरुको पवित्र खतक पहेलो खादा लगाइदिएका थिए ।

ढाका टोपी र खादा लगाएको फोटो ट्वीटरमा पोष्ट गर्दै योग गुरु रामदेवले आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको जनाएका छन् ।

योग गुरु रामदेव वीरगन्जमा योग शिविर चलुन्जेल सिमराको नवनिर्मित इच्छा होटलमा बस्नेछन् । उनी यसअघि २०७२ वैशाखमा काठमाडौंमा योग शिविर सञ्चालन गर्न आएका थिए । उनले शिविर चलाइरहेकै बेला वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment