Comments Add Comment

बालुवाटारमा प्रचण्ड र नारायणकाजी कड्किँदा मधेसी नेता बोलेनन् !

माओवादीको प्रश्न- मधेसी मोर्चा चुनावमा जान्छ कि जाँदैन ?

 

prachanda-congress-morcha

८ मंसिर, काठमाडौं । संविधान संशोधनका लागि सरकारलाई लगातार दबाव दिँदै आएको मधेसी मोर्चाका नेताहरुले बुधबार बालुवाटारमा कडा प्रश्नको सामना गर्नु परेको छ ।

संविधान संशोधनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री प्रचण्डलेे मधेसी मोर्चा र संघीय गठवन्धनका नेताहरुलाई बालुवाटार बोलाएका थिए । र, मधेसी मोर्चाका नेताहरु छिटो संशोधन दर्ता गर्न दबाव दिने मूड बनाएर बैठकमा गएका थिए ।

तर, बालुवाटारमा प्रचण्डसँगै रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठको कडा प्रश्नको सामना गर्नु परेको छ ।

श्रेष्ठले बैठकमा सरकारको प्रस्ताव थाहा भइसकेको भन्दै संविधान संशोधन प्रस्तावलाई समर्थन गर्दै चुनावमा जाने कि नजाने भनेर मोर्चाका नेताहरुलाई प्रश्न गरे । ‘हेराैंला, हेरौंला’ भनेर मात्रै नहुने भन्दै श्रेष्ठ बैठकमा प्रश्न गरे- अहिले नै क्लियर गर्नुपर्छ । संशोधनको समर्थन गर्ने वा विरोध गर्दै भए पनि चुनावमा जाने कि नजाने ?

विगतमा पनि धोका खाएको भन्दै श्रेष्ठले मधेसी मोर्चा चुनावमा नजाने भए किन संशोधन दर्ता गर्ने भन्ने प्रश्न गरे । यदि दर्ता गर्नुपर्ने अवस्था आए आफ्नो पार्टीको एजेण्डा अनुसारकै संशोधन प्रस्ताव लैजाने श्रेष्टले बैठकमा बताए ।

लगत्तै प्रधानमन्त्री प्रचण्डले पार्टी नेता श्रेष्ठको धारणामा समर्थन गर्दै त्यही प्रश्न दोहोर्‍याए । प्रचण्डले त्यसको थप ब्याख्या गर्दै एमालेले समर्थन गर्दिनँ भनेको र मधेसी मोर्चाले पनि नमान्ने अवस्थामा किन संशोधन गर्दा गरुँ भनेर प्रश्न गरे ।

मोर्चाका नेताहरु चुप

माओवादी नेता प्रकाश र प्रधानमन्त्रीको प्रश्नपछि मधेसी मोर्चाका नेताहरु चुप भए । उनीहरुले चुनावबारे केही बोलेनन् । तर, केही नेताहरुले संविधान संशोधन दर्ता गर्नुस्, त्यसपछि सहमति खोजौंला भने ।

तर, श्रेष्ठले मागेजस्तो संशोधनमा सहमति जनाउने र चुनावमा जाने प्रतिवद्धता भने मधेसी मोर्चाका नेताहरुले जनाएनन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बैठकमा अनुपस्थित थिए । उनको पार्टीका नेता राजेन्द्र श्रेष्ठले सात प्रदेशको प्रस्ताव नमान्ने घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment