Comments Add Comment

सांसदको तलब बढेको विरोधमा प्रदर्शन

student-protest

८ मंसिर काठमाडौं । सांसदहरुको तलव भत्ता वृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले राजधानीमा प्रर्दशन गरेका छन् ।

सांसदहरुको सुविधा कटौति गर्नु पर्ने माग गर्दै बुधबार रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रर्दशन गरेका छन् । प्रर्दशनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले तत्काल सांसदको तलव भत्ता वृद्धि गर्न स्विकृति भएको विद्येयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिह महरले जनता पिडामा रहेका बेला सांसदहरुको तलव भत्ता वृद्धि हुनु आपत्तिजनक भएको भन्दै फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

अनेरास्ववियूकी अध्यक्ष नविना लामाले भूकम्पले समेत जनतालाई आहात बनाईरहेका बेला सांसदहरुको तलब भत्ता वृद्धि गरिएको भन्दै आक्रोश व्यक्त गरिन् ।

संघीय संसदका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसदहरुको तलव भत्ता एक लाख भन्दा बढी व्यवस्था गरेपछि विभिन्न क्षेत्रबाट त्यसको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment