Comments Add Comment

केपी ओलीको कडापन र नरमपन दुबै थाहा छ: जितेन्द्र देव

'एमालेका कामरेडहरु हो, नेपाल आफगानिस्तान र इराक नबनोस्'

jitendra-dev

९ मंसिर, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्रनारायण देवले आफूलाई केपी ओलीको कडापन र नरमपन दुबै थाहा भएको बताएका छन् । पूर्वएमाले नेतासमेत रहेका देवले विहीबार केपी ओलीकै अगाडि उभिएर भने-‘उहाँले गल्ती गर्नुहुन्न भन्ने मलाई विश्वास छ ।’

‘केपी ओलीजीले गल्ती गर्नुहुन्न । उहाँको कडापन र नरमपन दुबै मलाई थाहा छ । केही कुरामा अडान राख्नोस् । तर, पहाडी र मधेसीवीचको एकता कमजोर भएको छ । मतभेद हैन, मनभेद सुरु भएको छ,’ देवले ओलीतिर औंलो तेर्स्याउँदै भने- ‘यसलाई हामीले नियन्त्रण गर्न सकेनौं भने हामी कहाँ रहौंला भन्न सक्दिँन, तर भोलि नेपाल अफगानिस्तान वा इराक नबनोस् । यसको जिम्मेवारी तपाईहरु एक नम्बर पंक्तिका शीर्ष नेताहरुसँग छ ।’

‘ओलीलाई थाहा होला संविधान संशोधनको औचित्य’

फोरम नेता देवले संविधान संशोधनको औचित्य के हो भनेर प्रश्न नगर्न एमालेका नेता कार्यकर्तासँग आग्रह गरे ।

‘कमल थापाले भनिसक्नुभएको छ, संविधान संशोधन एमालेको पनि एजेण्डा हो’ देवले भने- आदरणीय, पि्रय एमालेका नेताहरु हो, भोलिदेखि यो कुरा छाडिदिनोस् कि आवश्यकता र औचित्य के हो ? ओलीजी प्रधानमन्त्री हुनेबेलामै संशोधन गर्ने भनिसक्नुभएको छ ।’

देवले ओलीतिर लक्षित गर्दै भने- ‘तपाई स्वयं प्रधानमन्त्री हुँदा जे पहल गर्नुभएको थियो, त्यो आवश्यकता र औचित्य त्यहीँ निस्किन्छ ।’

संविधान संशोधनको आवश्यकता र औचित्यबारे प्रश्न गरिरहेका एमाले नेतामाथि प्रहार गर्दै देवले भने- ‘केपी ओलीजीलाई थाहा होला, उहाँलाई सम्झना होला, पटक-पटक बालुवाटारमा बसेर हामीले कस्ता-कस्ता सुझावहरु दिएका थियौं ?’

एमालेका युवा विद्यार्थीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै देवले अगाडि भने- ‘हिमाल, पहाड, तराई, मधेस सबैको साझा नेपाल बनाउनका लागि के-के विषयमा गर्ने र कसरी गर्ने भन्ने रचनात्मक छलफलमा एक नम्बरका नेताहरु बस्नोस् ।’

‘मधेसबारे महाभारतका सञ्जयले जस्तै देखिराखेको छु’

आफ्नो उमेरको लामो समय एमालेमा विताएर हाल फोरमको नेता बनेका देवले एमाले नेताहरुले मधेसलाई बुझ्न नसकेको आरोप लगाए । उनले भने- ‘तपाईहरुले मधेसलाई अलिकति पनि बुझ्न सकिराख्नुभएको छैन । मधेसको मनोविज्ञानलाई अलिकति पनि बुझ्न सकिराख्नुभएको छैन । मेरो देश टुक्रिन खोजिराखेको छ । साम्प्रदायिक भावना खल्बलिन लागेको छ । महाभारतमा सञ्जयले देखेजस्तै अहिलेको जटिल परिस्थितिलाई मैले देखिराखेको छु ।’

केपी ओलीलगायतका शीर्ष नेताहरुले मधेसको समस्यालाई समाधान नगर्ने हो भने त्यसपछिको परिस्थितिलई सम्हाल्न नसकिने देवले बताए । उनले भने- ‘त्यसपछि संविधान त धरापमा पर्छ-पर्छ, मुलुकमा ठूलो साम्प्रदायिक दंगा भड्किन सक्छ । त्यसकारण संविधान संशोधनमा तयार हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment