Comments Add Comment

‘आजको डायरी’मा जीवन लुइटेलः ‘गीत कम्पोजदेखि छोरा-छोरीका लागि सपिङ’

jiwan dajju

बिहान म सधै नै ६ बजे उठिसक्छु । यसपछि, टी.यूमा मर्निङ वाक, जगिङका लागि पुगेँ । करिब ८ बजेसम्म व्यायाम गर्ने काम भयो । यसपछि, बिहान ८ बजे घर आएर २ कप कालो चिया पिएँ । बिहान १० बजे वेवी लन्च गरेर म घरबाट निस्किएँ । घरमा प्राय छोराछोरीका लागि जे पाक्छ, त्यही नै खाइन्छ ।

घरबाट सिधै म गायक प्रल्हाद तिमिल्सिनालाई भेट्न पुगेँ । उहाँसँगको भेटघाटपछि गाडी छाड्न सिनमंगलको ग्यारेज पुगेँ । मलाई सोहि ग्यारेजमा लिन एक जना साथी आउनुभयो । उहाँसँग त्रिपुरेश्वर आइपुगेँ । त्रिपुरेश्वरमा आएर फेरि एक कफ कफि पिएँ ।

कफि खाएर हामी गुञ्जन रेकडिङ स्टूडियो पुग्यौ । म अब नायकबाट गीतकार पनि बन्दैछु । जसका लागि मेरा २ वटा गीतमध्ये एउटा गीतको कम्पोज आलोक श्रीले गर्दै हुनुहुन्छ । उहाँसँग एकछिन बसेर फेरि सुरेश अधिकारी जीलाई भेट्न पुगेँ । मेरो अर्को गीतको कम्पोज उहाँले गर्दै हुनुहुन्छ ।

त्यहाँ काम सकेर एकजना साथीलाई लिएर म सीटीसी हल पुगेँ । साथीलाई चलचित्र ‘जात्रा’ हेराउनु थियो । मैले दोश्रो पटक यो चलचित्र हेरेँ । यो चलचित्र निकै राम्रो लाग्छ मलाई ।
daily-diary-jiwan-luitel
चलचित्र हेरेपछि म गाडी लिन विशालनगर पुगेँ । सिनामंगलबाट मेरो गाडी धोएर विशालनगर ल्याइएको थियो । गाडी लिएर म सिधै कलंकीको भाटभटेनीमा पुगेँ । छोराछोरीका लागि सपिङ गर्नु थियो । सपिङ सकेर अहिले घर आइपुगेको छु । अब, सामान्य खाना खान्छु । यसपछि, केहि समय बच्चाहरुसँग खेल्छु ।

बेलुका टीभीमा राम्रो चलचित्र आएको रहेछ भने हेर्छु होइन भने पुस्तक पढ्छु । म बेलुका १० देखि ११ बजेसम्म सुतिसक्छु । आजको दिन एकदमै व्यस्तताका साथ वित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment