Comments Add Comment

‘हैरान’मा गजित र ‘बले’को को यस्ताे एक्सन(सुटिङ रिपोर्ट)

hairan-fight-shoot-6
६ जना खलपात्रले जब आफूले मन पराएकी यूवतीलाई अपहरण गरे, तब नायक गजित बिष्ट एक्सनमा उत्रिए । ६ जनालाई कुट्नका लागि गजितसँगै नयाँ कलाकार पुष्कर रेग्मी र सागर लम्साल पनि तम्सिए ।

एक्सन निर्देशक सूर्य थोकर क्यामेराको एंगलमा ६ जना फाइटर र ३ जना मुख्य पात्रलाई एक्सन सिकाउँदै थिए । यो चलचित्रलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरिरहेका छन् । सौगात एक्सनको छायांकन भएकाले फुर्सदिला थिए । उनी कहिले नक्कली बन्दुक खेलाउथ्य त कहिले छायांकन भैरहेको स्थानमा ‘एक्सन’ भन्थे । चलचित्रको छायांकन आधा प्रतिशत भन्दा बढी सकिएको गजितले बताए ।
hairan-fight-shoot-1 hairan-fight-shoot-2 hairan-fight-shoot-3 hairan-fight-shoot-4
चलचित्रमा गजित बिष्ट, सत्यराज आचार्य, नीश्मा घिमिरे, पुष्कर रेग्मी, सागर लम्साल, नयाँ अनुहारमा आरोही शर्माको मुख्य भूमिका छ । यो चलचित्रमा कमेडी र एक्सन भरपुर भएको गजितको भनाई थियो । गजितले यो चलचित्रका लागि आफूले एक्सनमा निकै मिहिनेत गरेको सुनाए ।

मुक्ति घले र डाक्टर वाइ.एल. लामाले यो चलचित्रमा लगानी गरेका छन् । चलचित्रलाई कोरियोग्राफर गम्भिर बिष्टले लेखेका हुन् । hairan-fight-shoot-7

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment