Comments Add Comment

अष्ट्रेलियामा खिचिएको ‘गोरेटो’, राजु र इरोमाको प्रेमभाव

music-video
नेपाली म्यूजिक भिडियो क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च छ । नेपाल बाहिर बस्ने धेरै नेपालीहरुले अहिले म्यूजिक भिडियोमा लगानी गरिरहेका छन् । गायिका अुवन पाण्डेको स्वर तथा उनको आफ्नै शब्दमा तयार भएको ‘गोरेटो’ बोलको गीतको भिडियो तयार भएको छ ।

यो गीतमा टिका दाहालको संगीत छ । यो भिडियोलाई अष्ट्रेलियाको कुइन्स ल्याण्ड शहरमा छायांकन गरिएको छ । अष्ट्रेलियनका प्राविधिकहरुले अत्याधुनिक ड्रोनको प्रयोग गरेर यो भिडियो छायांकन गरिएको छ ।

भिडियोलाई जीवन रसाइलीले निर्देशन गरेका हुन् । भिडियोमा राजु कान र इरोमा श्रेष्ठले मोडलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment