Comments Add Comment

लिभरपुललाई झड्का, काउटिन्हो डेढ महिना मैदान बाहिर रहने

philippe-coutinho१४ मंसिर, काठमाडौं । लिभरपुलका ब्राजिलियन फवार्ड फिलिप काउटिन्हो मध्य जनवरीसम्म मैदान बाहिर रहने भएका छन् ।

शनिबार सण्डरल्याण्डसँगको खेलका क्रममा २४ वर्षे काउटिन्हो घाइते भएका थिए । उनका खुट्टाको जोर्नीमा चोट लागेको छ । उनको पूर्ण रिपोर्ट आइसकेको छैन । तर, उनी मध्य जनवरीसम्म मैदान बाहिर रहने देखिएको छ ।

उनको अनुपस्थिति प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलका लागि निकै महंगो पर्न सक्छ । उसले इभर्टनका सँगै नयाँ वर्षको पूर्व संध्यामा म्यानचेष्टर सिटीको सामना गर्नु पर्नेछ । र, यदि उनको लिगामेन्ट च्यातिएको भएमा उनले दुबै खेल गुमाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment