Comments Add Comment

संविधान संशोधन प्रस्तावमा उपेन्द्र असन्तुष्ट, अरू नेता के भन्छन् ?

Morcha-meet
फाइल फोटो

१४ मंसिर, काठमाडौं । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावप्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट देखिएका छन् ।

सरकारले सीमांकन हेरफेरसहित संशोधन विधेयक मंगलबार अबेर संसदमा दर्ता गराएको छ । यसबारे प्रतिक्रिया दिँदै मधेसी मोर्चाका नेता यादवले भने, यसले मधेसको समस्या हल गर्दैन । द्वन्द्वमा निम्त्याउँछ ।’ यो संशोधन मधेसी मोर्चा र संघीय गठवन्धनको माग अनुसार नभएको भन्दै उनले भने, यो प्रचण्डको प्रस्ताव मात्र हो ।’

उसो भए संशोधनमा समर्थन हुँदैन भन्ने प्रश्नमा उनले यसबारे पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् ।

तर, मधेसी मोर्चाका अन्य नेताहरु भने सकारात्मक देखिएका छन् । यद्यपि उनीहरुले यो पर्याप्त नभएको बताएका छन् ।

तमलोपाका नेता हृदयेश त्रिपाठीले अनलाइनखबरसँग भने, भाषा, नागरिकतासहितका तीन विषयमा खासै विवाद छैन । मुख्य विषय सीमांकन हो । यसमा सरकारको प्रस्ताव पर्याप्त छैन । तर, यो एक कदम अगाडि हो ।’

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संशोधन दर्ता गर्न आफूहरुले भनेको बताए । विषयबस्तुबारे भने मोर्चाको बैठक बसेर धारणा बनाउने बताए । उनले भने, सीमांकनमा हामीले भनेको जसरी आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment