Comments Add Comment

बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन ढिलासुस्ती, धितोपत्र बोर्ड नै गैरजिम्मेवार

नियामक निकायमा शक्ति प्रदर्शनको प्रतिस्पर्धा

SEBON१५ मंसिर, काठमाडौं । धितोपत्र बजारको विकास तथा नियमन गर्ने निकाय धितोपत्र बोर्डले पटक–पटक निर्णय फेरबदल गर्दा बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएको छ । यससँगै धितोपत्र बोर्ड र नेप्सेबिचको दुरी बढेको छ, जसले समग्र धितोपत्र बजार नै प्रभावित बनाएको छ ।

आफ्नै निर्देशनमा ब्रोकरको विषयमा अध्ययन गर्न बनेको कार्यदलबाट अहिले धितोपत्र बोर्ड बाहिर निस्किएको छ । यो कार्यदलको ५ पटकसम्म बैठक बसिसकेको छ, जसमा धितोपत्र बोर्डबाट निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रतिनिधित्व गरेका थिए ।

नेप्सेका अधिकारीहरु भने धितोपत्र बोर्ड कार्यदलबाट बाहिरिएका कारण नै यो रिपोर्ट बुझाउनमा ढिलाइ भएको बताउँछन् । ‘सदस्य दलाल सेवा विस्तार अध्ययन कार्यदल’ले सबै रिपोर्ट तयार गरिसकेको नेप्सेका अधिकारीहरु  बताउँछन् ।

तर, अहिले भने धितोपत्र बोर्डले यो कार्यदलमा आफ्नो संलग्नता नहुने भन्दै नेप्सेलाई पत्र पठाएपछि अध्ययनपश्चात रिपोर्ट तयार पार्ने कार्यसमेत अवरुद्ध भएको छ । सो अध्ययनमा बैंकलाई ब्रोकर लाईसेन्स के कसरी दिने भनेर समेत विश्लेषण गरिएको थियो ।

धितोपत्र बोर्ड भने नेप्सेले अध्ययनको रिपोर्ट नबुझाएका कारण बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अवरुद्ध भएको बताउँछ ।
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने ‘भदौमै बुझाउनुपर्ने रिपोर्ट ४ महिना बित्दासम्म पनि नेप्सेले बुझाएको छैन, जसका कारण नै बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अवरुद्ध भएको हो ।’

तर, नेप्सेका अधिकारीहरु भने धितोपत्र बोर्ड कार्यदलबाट बाहिरिएका कारण नै यो रिपोर्ट बुझाउनमा ढिलाइ भएको बताउँछन् । ‘सदस्य दलाल सेवा विस्तार अध्ययन कार्यदल’ले सबै रिपोर्ट तयार गरिसकेको नेप्सेका अधिकारीहरु  बताउँछन् ।

एक वर्षअघि नेप्सेले ब्रोकरहरुलाई उपत्यका बाहिर बिस्तार गर्ने भनेर निर्णय गरेको थियो। निर्णय भएको  केहि दिनमै बोर्डले यसमा हस्तक्षेप गर्दै आफुखुसी किन यस्तो निर्णय गरेको भनेर जवाफ मागेको थियो । त्यसपछि बोर्डले एक कार्यदल बनाएर यस बारेमा अध्ययन गर्न निर्देशन दिएको थियो ।

उक्त कार्यदलमा धितोपत्र बोर्डका श्रेष्ठसँगै, लगानीकर्ताको तर्फबाट आत्मराम घिमिरे र मर्चेन्ट बैंकर्स एसोसियसनका तर्फबाट श्रृजेश घिमिरे र नेप्सेका अधिकारीहरुको संलग्नता  थियो ।

धितोपत्र बोर्डको पटक–पटक हस्तक्षेपकारी निर्णय र निर्णयमा हुने फेरबदलका कारण एक वर्षअघि चर्चामा आएको बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाले गति लिएको छैन।

अहिले उपत्यका बाहिरका सर्वसाधारणलाई  सेयर किनबेच सहज छैन । लगानीकर्ताहरु सेयर किनबेच गर्न ठूला सहर नै धाउनुपर्ने बाध्यता छ

गत वर्ष नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएलगत्तै डा. रेवतबहादुर कार्कीले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने घोषणा गरेका थिए। उपत्यका बाहिरका सेयर लगानीकर्ताहरुले पनि सहज रुपमा सेयर किनबेच गर्न पाउन् भनी बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने कुरा चर्चामा ल्याइएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने ‘कार्यदलले रिपोर्ट अन्तिम चरणमा पुराएको छ, कार्यदलबाट बाहिरिएको कुरा धितोपत्र बोर्डले जानकारी गराएको छ । तर, केही समयमा नै हामी रिपोर्ट बुझाउने तयारीमा छौं ।’

बैंकहरुले धितोपत्र बोर्ड र राष्ट्र बैंकमा ब्रोकर लाइसेन्स दिने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । अहिले उपत्यका बाहिरका सेयर लगानीकर्ताले  पोखरा, नारायणगढ, धरान, बिराटनगर, धनगढीमा खुलेका ब्रोकरका शाखाबाट मात्रै सेयर  किनबेच गर्न सक्छन्।

बैंकलाई ब्रोकर लाइसेन्स प्रदान गरिएसँगै बैंकका विभिन्न शाखाहरुबाट समेत सेयरको किनबेच सम्भव हुन्छ ।
अहिले उपत्यका बाहिरका सर्वसाधारणलाई  सेयर किनबेच सहज छैन । लगानीकर्ताहरु सेयर किनबेच गर्न ठूला सहर नै धाउनुपर्ने बाध्यता छ ।

यता नियामक निकायहरु राष्ट्र बैंक र धितोपत्र बोर्डबीच औपचारिक रुपमा यस विषयमा छलफल पनि भएको छैन।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने ‘बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कि नदिने कसरी दिने भन्ने विषयमा  राष्ट्र बैंक र धितोपत्र बोर्डबीच कुनै पनि औपचारिक छलफल भएको छैन, साथै यसका लागि राष्ट्र बैंकमा कुनै पनि प्रक्रिया अघि बढेको छैन । ’

अहिले रहेका बैंकहरुलाई धितोपत्र ब्रोकरकोे लाइसेन्स दिदा बैंकको नियमन धितोपत्र बोर्डले पनि गर्ने भएको हुँदा राष्ट्र बैंकले यसमा चासो बढाएको छैन ।

राष्ट्र बैंकका एक अधिकारीले भने ‘विदेशमा धितोपत्र बजार, बिमा र बैंक राष्ट्र बैंकले नियमन गर्ने चलन छ तर हाम्रोमा छुट्टाछुट्टै निकायले यसको नियमन गर्छन्, जसका कारण नियमनमा समस्या पर्ने देखेर पनि यो प्रक्रिया अघि नबढाइएको हो। ’

अन्तर्राष्ट्रिय बजारमा बैंकहरूलाई पनि  ब्रोकर लाइसेन्स दिने गरिएको छ। बैंकहरूले पनि सेयर ‘ब्रोकिङ’लाई महत्वपूर्ण सेवाका रूपमा लिने गर्छन्। साथै अन्तर्राष्ट्रिय मुलुकहरुमा  ठूला ‘मिडियटर’ बैंकहरू नै हुन्छन्।

सेयर विश्लेषक रविन्द्र भट्टराई सेयर कारोबार धेरै लगानीकर्ताको पहुँचमा पु¥याउन बैंकहरूलाई सेयर कारोबारको लाइसेन्स दिन अत्यावश्यक ठान्छन् ।

उनले भने ‘बैंकलाई ब्रोकर लाइसेन्स दिएमा सेयर किनबेचको सेवा अहिले जिल्ला सदरमुकामसम्म पुग्न सक्छ, त्यसपछि लगानीकर्ताले सहजै सेयर कारोबार गर्न सक्छन् ।

यदि बैंकलाई ब्रोकर लाइसेन्स दिइयो भने सेयर कारोबार दुर्गम तथा ग्रामीण भेगका मानिसहरुको पहुँचसम्म पुग्ने देखिएको छ । तर, सरकारी निकायहरु भने यसमा मौन रहेका छन् जसले गर्दा तत्कालै यो कार्यान्वयमा आउने भने कुनै छाँटकाट देखिएको छैन

अहिले ५० वटा ब्रोकरमध्ये उपत्यका बाहिर ९ स्थानमा मात्रै यिनीहरुका शाखा छन् ।  तर  देशमा रहेका २८ वटा वाणिज्य बैंकहरुका १ हजार ८ सय ६९ शाखा रहेका छन् । बैंकहरुले ब्रोकर लाइसेन्स पाएमा बैंकका शाखाहरुबाट सर्वसाधारणले सेयर खरिद–बिक्रीको काम गर्न सक्छन्।

सर्वसाधारणलाई सेयर जारी गर्दा जलविद्युत कम्पनीले स्थानीयवासीलाई अनिवार्य १० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । जसले गर्दा सेयर दुर्गम स्थानामा पनि पुग्न लागेको छ । तर, यसको किनबेच गर्न भने अझै राजधानी नै आउन पर्ने बाध्यता छ ।  भौतिक सेयर बिक्री गर्नुअघि दस्तखत रुजु गर्नुपर्छ। दस्तखत रुजुको काम काठमाडौंमा मात्र हुन्छ ।

यदि बैंकलाई ब्रोकर लाइसेन्स दिइयो भने सेयर कारोबार दुर्गम तथा ग्रामीण भेगका मानिसहरुको पहुँचसम्म पुग्ने देखिएको छ । तर, सरकारी निकायहरु भने यसमा मौन रहेका छन् जसले गर्दा तत्कालै यो कार्यान्वयमा आउने भने कुनै छाँटकाट देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment