Comments Add Comment

लोकमानविरुद्धको मुद्दाको पेशी सर्‍यो, वकील अस्वस्थ भन्दै सर्बोच्चमा निवेदन

lokman-sing-karki१६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेशी सरेको छ । लोकमान सिंह कार्कीका कानुन व्यावसायीहरुको आग्रहमा आगामी पुस सात गतेसम्मका लागि पेशी सारिएको हो ।

कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्तिको मुद्दा न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा राखिएको छ ।

कार्कीका वकील बालकृष्ण न्यौपाने उच्च रक्तचापका कारण अस्वस्थ भएको भन्दै पेश सार्न आग्रह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment