Comments Add Comment

न्यूजिल्याण्डका प्रधानमन्त्रीको अप्रत्याशित राजीनामा

new-zealand-prime-minister-john-key२० मंसिर, काठमाडौं । न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा गरेका छन् । उनी आठ वर्षदेखि न्यूजिल्याण्डका प्रधानमन्त्री थिए ।

राजीनामा घोषणा गर्दै प्रधानमन्त्री कीले सवैभन्दा गाह्रो निर्णय गरेको उल्लेख गर्दै ‘अब के गर्ने भन्नेबारे थाहा नभएको’ बताए ।

उपप्रधानमन्त्री विल इंग्लिसले नेशन पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म कार्यवहाक प्रधानमन्त्रीको पद समाल्ने छन् ।
न्यूजिल्याण्डका सञ्चारमाध्यमहरुका अनुसार प्रधानमन्त्री कीले श्रीमती ब्रोनाघको आग्रहमा राजीनामा दिएका हुन् ।

तेस्रोपटकको निर्वाचनमा नेशनल पार्टीको निर्वाचनबाट चयन भएका कीले सन् २०१७ को निर्वाचनमा भाग नलिने बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले पारिवारिक कारणले आफूले राजिनामा दिएको जनाए । उनले १२ डिसेम्बरमा औपचारिक रुपमा राजीनामा दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment