Comments Add Comment

‘बाबरी’ नीशालाई जब हसनले मनबाटै रोजे

hasan-and-nisha
नायिका नीशा अधिकारीले चलचित्र ‘रोमियो’का लागि खुबै मिहिनेत गरेकी छिन् । चलचित्रमा आकर्षक देखिनका लागि नीशाले भरपुर मिहिनेत गरेको भर्खरै छायांकन गरिएको गीतको तस्बिर हेर्दा पनि थाहा हुन्छ ।

एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’को ‘बाबरी’ बोलको गीतको छायांकन पोखराको सिक्लेसमा गरेर यसको टोली काठमाण्डौ फर्किएको हो । निर्माता हसनराजा खानले ६ दिन लगाएर काम गरेको बताए ।
nisha-adhikari
चलचित्रमा नीशा अधिकारी, मेलिना मानन्धर, हसनराजा खान र ओसिमा बनु मुख्य भूमिकामा छन् । छायांकन गरिएको गीतमा हसन र नीशालाई फिचर गरिएको छ । सन्तोष लामा र मेलिना राइको आवाजमा समावेश यो गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । रामेश्वर कार्कीले खिचेको गीतलाई शिशिर खातीले कोरियोग्राफी गरेका छन् ।

हसनले गीत छायांकनको अनुभव सुनाउँदै भने-‘हामीले निकै मिहिनेत गरेका छौ । ३ घन्टासम्म डरलाग्दो बाटोमा हिडेर छायांकन गरिएको छ । लोकेशन, कोरियोग्राफी र गीतले दर्शकको मन अवस्य जित्नेछ ।’ यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । hasan-nisha-in-romeo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment