Comments Add Comment

छोरीको तस्बिर सार्वजनिक गर्दै रानीले लेखिन्-‘म उनीविना बाच्न सक्दिनँ’

rani-and-her-daughter

बलिउडमा सफल मानिएकी नायिका रानी मुखर्जी छोरीकी आमा पनि बनिसकेकी छिन् । निर्माता तथा निर्देशक आदित्य चोपडासँग बिहे गरेपछि रानी चलचित्र क्षेत्रबाट टाढा जस्तै छिन् । अझ, छोरीलाई जन्म दिएपछि रानी उनको हेरचाहमा नै व्यस्त देखिएकी छिन् ।

रानीले आजसम्म छोरीको तस्बिर सार्वजनिक गरेकी थिइनन् । सामाजिक संजालमा रानीकी छोरी भनेर सार्वजनिक भएका तस्बिरलाई पनि उनले फेक भनेकी थिइन् ।

तर, यशराज ब्यानरको आधिकारिक ट्विटर एकाउन्टबाट रानी र छोरी अदिराको तस्बिर सार्वजनिक भएको छ । रानीले आफ्नी छोरीलाई एउटा चिठ्ठी पनि लेखेकी छिन् । जसमा उनले प्रेम अभिव्यक्त गरेकी छिन् । रानीले लेखेकी छिन्-‘म मेरी छोरीलाई खु्बै प्रेम गर्छु । म उनी विना बाँच्न सक्दिन । अदिरा मेरो जीवनमा आएपछि जीवन धेरै परिवर्तन भएको छ । म आमा बनेकी छु, यसमा मलाई गर्व छ । अदिरा मेरो जीवनमा आएपछि म एकदमै खुशी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment