Comments Add Comment

कोमल वलीलाई ५ आरोपः-‘मलाई नयाँ शक्ति भन्दा राप्रपा नै ठिक लाग्यो’

5_aarop_komal-oli-1
कोमल वली अहिलेकी ब्यस्त गायिकाको रुपमा चिनिन्छिन् । स्वदेशमा आयोजित विभिन्न महोत्सबदेखि विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा ब्यस्त रहेकी कोमलले राप्रपामा प्रवेश गरेपछि थप चर्चा पाइन् । देशको सेवा गर्न भन्दै राजनीतिमा लागेकी कोमललाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. संगीत क्षेत्रमा थकाई मार्ने बेला भयो, त्यहि भएर पार्टी राजनितीमा लाग्नु भयो भन्ने छ नि ?
संगीतमा थकाई त्यो पनि मलाई । सरासर गलत । म अहिले संगीतको क्लाइमेक्समा छु । मलाई अहिले यति धेरै अफर छ कि ०७४ वैशाखसम्म एकदिन पनि फुर्सद छैन । अर्को कुरा कुनै पनि पेशा परिवर्तन थाकेपछि गर्ने हैन । ब्यस्त भएकै बेला गर्नुपर्छ । मेरो उर्जा हिजो गीत संगीतमा खर्च हुन्थ्यो भने अब नेपाली राजनितीमा पनि हुन्छ ।

२. माओवादीसँग कुरा नमिलेपछि राप्रपामा जानु भएको हो ?
माअाेवादी पार्टीका नेताहरुसँग पार्टीमा बसेर काम गर्ने विषयमा कुनै कुरा भएको छैन । कसैले पनि मलाई हाम्रो पार्टीमा आउनुस् भनेको छैन । डा. बाबुराम भट्टराइजीको नयाँ शक्तिवाट कुरा आएको थियो, तर मलाई नयाँ शक्ति भन्दा राप्रपा नै ठिक लाग्यो ।

३. एकथरि मान्छेहरु भन्न थालेका छन् कि केहि वर्षपछि कोमल वली पार्टीकै लागि घाँडो हुन्छिन् । किनकी कोमल वली धेरै चलाख छिन्, उनको चलाखीले अरुलाई छाँयामा पार्ने छ ?
यो झन् हुँदै होइन । कोमल वली पार्टीको लागि घाँडो हैन एउटा अवसर हुन सक्छे । मेरो क्षमतालाई पार्टीले उपयोग गर्न सक्छ । जँहासम्म मेरो प्रभावको कुरा छ, कुनै पनि पार्टी ब्यक्तिको कारण चल्ने हैन । पार्टीको आफ्नै सिष्टम हुन्छ ।

४. हरेक वर्ष मंसिर लागेपछि यसपाली बिहे गर्दै छु भनेर तन्नेरीहरुलाई आशावादी बनाउनु हुन्छ र पुस लागेपछि चुपचाप बस्नु हुन्छ रे हो ?
मंसिरको महिना शुभ कामको महिना हो । त्यसकारण बिहेको कुरो सोध्नेहरुलाई भन्ने गर्छु । कुरा मिल्यो भने बिहे गर्छु । अब मिल्दैन, भनेजस्तो भेटिदैन त मैले के गर्नु । जो दर्शक मेरो बिहेको कुरा सुनेर उत्साहित हुनुहुन्छ । उहाँहरुलाई नहुँदैमा निराश नहुन आग्रह गर्छु । यसपालि भएन त के भो अर्को वर्ष होला नि ।

५. पछिल्लो समय आफ्नो गीतमा आफैं मोडलिङ गर्न थाल्नु भएको छ । निर्देशकमाथि हस्तक्षेप गर्नु हुन्छ रे हो ?
भिडियो जस्तो कुरा सल्लाह नगरि बनाउने कुरा भएन । अलिकति सल्लाह गर्नुलाई नै हस्तक्षेप भन्न मिल्दैन । मैले त्यस्तो हस्तक्षेप केहि गरेकी छैन । भिडियो निर्माण अघि आफ्नो भुमिकावारे छलफल गर्ने गरेकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment