Comments Add Comment

जब जीवनको फोटो अंकित टिसर्ट लगाएर फ्यान त्रिपुरेश्वर पुगे


बलिउडका थुप्रै कलाकारको नाममा फ्यान क्लब स्थापित छन् । ती कलाकारको जन्मदिन, चलचित्र रिलिजको समयमा फ्यानहरुले ठूलो उत्सव नै गर्छन् । तर, नेपाली कलाकारको नाममा भने यस्ता फ्यान क्बल खुलेका खासै सुनिएका छैनन् । नायक राजेश हमालको नाममा केहि समय अगाडि फ्यान क्लब स्थापित भएपनि त्यो अहिले सक्रिय छैन ।

शनिबार काठमाण्डौको त्रिपुरेश्वरमा नायक जीवन लुइटेल भावूक बने । उनी भावूक बन्नुको मुख्य कारण थियो, त्रिपुरेश्वरसम्म आएका उनका ५० भन्दा बढी फ्यान र उनीहरुको माया ।

काठमाण्डौको टुँडिखेलमा भेला भएर उनका फ्यान उनको तस्बिर अंकित टिसर्ट लगाएर त्रिपुरेश्वरसम्म पुगेका थिए । त्रिपुरेश्वरमा रहेको दी भ्याली रेष्टुरेन्टमा फ्यानहरु जीवनसँगै उपस्थित भए र तस्बिर खिचाए ।

गेहेन्द्र बम नाम गरेका जीवनका फ्यानले उनीहरुलाई भेला गराएका थिए । गेहेन्द्रका अनुसार फ्यान क्लब भएपनि यसको खास संरचना छैन । आफ्नो फोटो छात्तीमा टाँसेर कोहि हिड्ला भन्ने आफूले नसोचेको जीवनले बताए । जीवनले आफूलाई शुभचिन्तक र फ्यानले गरेको मायालाई कहिल्यै घात नगर्ने बताए ।

नेपाली चलचित्र क्षेत्रमा चल्तीका नायकको रुपमा रहेका नायक जीवन लुइटेलले आफूलाई माया गर्ने मानिसहरु यति धेरै रहेको भन्दै खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment