Comments Add Comment

अन्ततः रेखा पनि राप्रपामा

rekha thapa birthday (6)
केहि दिन अगाडि गायिका कोमल वली राप्रपा पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आफूलाई नयाँ शक्ति नेपालबाट पनि पार्टीमा आउनका लागि आग्रह गरिएको भएपनि राप्रपा नै मन परेको बताएकी थिइन् ।

कोमल वली राप्रपामा प्रवेश गरेपछि नायिका रेखा थापा पनि पार्टीमा प्रवेश गर्न लागेको चर्चा थियो । तर, अनलाइनखबरको पाँच आरोप स्तम्भमा कुरा गर्दै रेखाले यो कुरा अस्विकार गरेकी थिइन् ।
तर, नायिका थापाले पनि माओवादी केन्द्र पार्टी  त्यागेर राप्रपामा प्रवेश गर्ने निर्णय गरेकी छिन् । गायिका कोमल वलीले नै रेखा राप्रपामा आउन लागेको भन्दै फेसबुक स्टाटस लेखेकी थिइन् । आज काठमाण्डौमा आयोजना हुन लागेको कार्यक्रममा रेखा कमल थापा नेतृत्वको पार्टीमा प्रवेश गर्न लागेकी हुन् ।

रेखालाई पार्टीृले कुन पद दिन लागेको हो भन्ने खुलेको छैन । अहिले उनलाई आमन्त्रित सदस्यको रुपमा पार्टी प्रवेश गराउन लागिएको हो । नायिका थापालाई दोश्रो संविधान सभाको चुनावमा प्रचण्ड नेतृत्वको माओवादी पार्टीले चुनावका लागि टिकट पनि दिएको थियो ।

तर, रेखाको नाम मतदाता नामावलीमा नभएपछि उनी चुनाव लड्न पाएकी थिइनन् । केहि बर्ष अगाडि प्रचण्डकै हातबाट टिका लगाएर रेखा माओवादीमा प्रवेश गरेकी थिइन् । ंिसंहदरबार अगाडि प्रचण्डसँग नृत्य गरेपछि रेखा चर्चामा आएकी थिइन् । उनले प्रचण्ड जस्तो अर्को नेता नेपालमै नभएको भन्दै मन्तव्य पनि दिदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment