Comments Add Comment

उपत्यकामा ११३ किलोमिटर सडक विस्तार हुँदै, फेरि भत्किँदैछन् घर

भत्काउनुपर्ने घरका धनीले क्षतिपूर्ति पाउने

kalanki-sadak-bistar
फाइल तस्वीर

२७ मंसिर, काठमाडौं । सडक विस्तारका क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको १ सय १३ किलोमिटर सडकखण्ड मार्किङ गरिसकेको छ । ती ठाउँमा बनेका घर र भौतिक संरचना फेरि भत्काउनुपर्ने भएको छ ।

मार्किङ गरेका केही सडकखण्डमा विस्तारको काम समेत थालिएको छ । चालु आर्थिक वर्षमा १ सय १३ किलोमिटर अन्र्तगत पर्ने सबै सडक खण्डमा मार्किङ गरिसकेको छ ।

मार्किङ भएका सडक खण्डमा भत्काउनुपर्ने भएका घरधनीहरुले क्षतिपूर्ति लिने कामसमेत सुरु भएको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

प्राधिकरणले १ सय १३ किलोमिटर सडक मार्किङ गरिसकेको छ, सडक विस्तारको निर्णय भए पनि केही सडक खण्ड भने मार्किङ हुन बाँकी छ

उनले भने ‘कति घर भत्किँदैछन् भन्ने आकँडा छैन, तत्काल सहज र सम्भव भइहाल्ने ठाउँमा काम अघि बढाउन लागेका छाैं ।’ प्राधिकरणले काम थालिहाले पनि कैयन सडक खण्डमा स्थानीयको विरोधका कारण सडक विस्तार प्रभावित हुने गरेको छ ।

चालु आर्थिक वर्ष ०७३/०७४ मा प्राधिकरणले १ सय १३ किलोमिटर सडक मार्किङ गरिसकेको छ । सडक विस्तारको निर्णय भए पनि केही सडक खण्ड भने मार्किङ हुन बाँकी छ ।

प्राधिकरण प्रमुख आयुक्त तिवारीका अनुसार ७६ किलोमिटर सडक विस्तारको निर्णय भइसकेको भए पनि अझै मार्किङ हुन बाँकी छ ।

मार्किङ गरिसकेपछि पीडितहरु क्षतिपूर्ति लिन प्राधिकरण आउने गर्दछन् । तर, केही स्थानमा भने पीडितले क्षतिपूर्ति लिन अटेर गरेका कारण पनि सडक विस्तार रोकिएको छ ।

तिवारी भन्छन् ‘यो सडक विस्तार भनेको डाँडाबाट तलतिर पानी झारेजस्तै हो, जताजता सजिलो हुन्छ, त्यतै काम गर्ने हो, अप्ठेरो ठाउँमा भने प्रयास गरिरहने हो’

जसका कारण मार्किङ गरेका स्थानमध्ये सहज तरिकाले सडक विस्तार सम्भव भएका सडकखण्ड प्राधिकरणका प्राथमिकतामा पर्छन् ।

तिवारी भन्छन् ‘यो सडक विस्तार भनेको डाँडाबाट तलतिर पानी झारेजस्तै हो, जताजता सजिलो हुन्छ, त्यतै काम गर्ने हो, अप्ठेरो ठाउँमा भने प्रयास गरिरहने हो । ‘

मार्किङ गरेपछि पीडितले क्षतिपूर्ति लिन आएपछि मात्रै प्राधिकरणले बिस्तारको काम अघि बढाउने गरेको छ । क्षतिपूर्ति पाइसकेकाहरुको मात्रै सुरुमा घर तथा पर्खाल भत्काउने कार्य अघि बढाउँछ ।

तिवारीका अनुसार खानी विभागको मेन सडकदेखि दरबारको उत्तर क्षेत्र हुँदै नागपोखरीसम्मको साढे २ किलोमिटर सडकखण्डलाई २२ मिटरको चौडा बनाउन लागिएको छ । यसको मार्किङ पनि सकिएको छ ।

त्यस्तै चावाहिल चोकदेखि जोरपाटी हुँदै साखुसम्मको १२ किमी सडक पनि विस्तार गरिने भएको छ । यसको पनि मार्किङको काम सकिएको छ ।

त्यस्तै जोरपाटीदेखि सुन्दरीजलसम्मको ५ किमी सडकको पनि मार्किङ सकिएको छ । सीतापाइलादेखि रामकोट र भीमढुङ्गासम्मको ५ किमी सडक पनि २२ मिटर चौडा बनाउनका लागि मार्किङको काम सकिएको छ ।

पेप्सीकोलादेखि खहरेसम्मको ३ किमी सडकखण्ड पनि मार्किङ भइसकेको तिवारी बताउँछन् ।

काठमाडौंका १ सय ७१ स्थानमा प्राधिकरणले मार्किङ गरिसकेको छ । साथै १ सय ८० स्थानमा पनि प्राधिकरणले मार्किङ गरिसकेको छ । तर, राजधानीका कैयन स्थानमा प्राधिकरणले मार्किङ गरेको लामो समय बित्दासम्म पनि सडक बिस्तार हुन सकेको छैन ।

काठमाडौंमा ०६८ मंसिरदेखि सडक बिस्तार कार्य थालिएको हो । यस क्रममा कैयन सडक खण्डहरुको विस्तार कार्य समेत पूर्ण रुपमा सकिएको छ ।

सडक विस्तारपछि केही वर्ष अघिसम्म साँघुरा देखिएका सडकहरु अहिले फराकिला भएका छन् । साथै यसले गर्दा शहरी सुन्दरता पनि बढेको छ । सडक फराकिला भएसँगै सर्वसाधारण पनि घन्टाैं जामबाट मुक्त भएका छन् ।

राजधानीका केही सडक खण्डमा स्थानीयको अवरोधका कारण मार्किङ भएर पनि प्राधिकरणले सडक विस्तार गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment