Comments Add Comment

संसद बैठक सूचना टाँसेर स्थगित

३० मंसिर, काठमाडौं । व्यवस्थापिका संसदको बिहीबारको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।

विहान ११ बजेलाई निर्धारित गरिएको बैठक विशेष कारणबश बस्न नसक्ने भन्दै स्थगित गरिएको सूचना टाँसिएको छ । संसदको अर्को बैठक पुस ४ गते बस्नेछ ।

संविधान संशोधन विधेयक दर्ता भएदेखि एमालेको नेतृत्वमा विपक्षी पार्टीहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । दलहरुबीच सहमति नभइसकेको अवस्थामा बैठकको कारवाही अघि बढाउन नसकिने भएकाले स्थगित गरिएको स्रोतले जनाएको छ ।

यसबीचमा प्रमुख दलहरुबीच छलफल र सहमतिको अपेक्षा गरिएको सभामुख निकट स्रोतले जनायो ।

samsad-sthagit

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment