Comments Add Comment

मस्ती टकः उषा रोमान्टिक छिन्, मलाई खुशी बनाउँछिन्ः बान्द्रे(भिडियो कुराकानी)

कहिलेकाही त मैले फोन गर्दा पनि 'को बोलेको भन्नुहुन्छ': उषा

bandre-kiss

काठमाण्डौ चण्डोलकी उषा तिम्सिनासँग बिबाह बन्धनमा बाँधिएका हाँस्य कलाकार सुरज चापाँगाई ‘बान्द्रे’ निकै खुशी छिन् । करिब एक बर्ष प्रेम सम्बन्धमा रहेर उषा र सुरजले बिहे गर्ने निर्णय गरेका हुन् ।

बिहे गरेको करिब एक हप्तापछि अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा उषा र सुरज खुबै मस्ती मुडमा देखिए । उषा र सुरजलाई लाग्छ, यी दुइको जोडी भगवानले नै जुराइदिएका हुन् । पहिलो पटक स्कुलमा कार्यक्रम गर्न जाने क्रममा उषाले सुरजलाई देखेकी थिइन् । तर, उषाले सो स्कुल छाडेर अर्को स्कुल पढाउन थालिन् । सुरज सोहि स्कुलमा फेरि कार्यक्रम गर्न पुगे र उनीहरुको भेट भयो ।

उषा र सुरज चापागाँइ(बान्द्रे)सँग गरिएको ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः


दोश्रो भेटमा त सुरजले उषाको नम्बर नै मागेका थिए । यसपछि, नियमित रुपमा कुराकानी हुने क्रममा यी दुइको प्रेम बस्यो । कसले पहिला आइ लभ यू भन्यो भन्ने प्रश्नमा दुबैले भने-‘आइ लभ यू भन्नै परेन । एक अर्कासँग हिड्दा हिड्दै प्रेम भयो ।’

प्रेममा परेपछि पनि यो जोडी केहि कार्यक्रमको सिलसिलामा एकसाथ हिडेको थियो । उषा संझिन्छिन्-‘हामीले रातभर कहिले मोबाइलमा फोन गरेनौ । लामो भनेको यस्तै एक घन्टा हुन्थ्यो ।’ सुरजलाई धेरै फोन आउने हुँदा, कहिलेकाही त उषाले फोन गर्दा नै ‘को बोलेको भन्दा रहेछन्’ ।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘बान्द्रे’को भूमिकामा काम गरेपछि उषाले सुरजलाई चिनेकी हुन् । तर, दोहोरो चिनजान त स्कुलमा कार्यक्रम गर्ने सिलसिलामा भयो ।
बाहिर हेर्दा सुरज रोमान्टिक नदेखिएपनि भित्री रुपमा निकै रोमान्टिक रहेको उषाको भनाई छ । यता, सुरज पनि उषालाई रोमान्टिक श्रीमति मान्छन् । अब, दुबै जना कलाकारितामा एकसाथ अगाडि बढ्ने योजना यी दुइको छ ।

हनिमुन कहाँ जानु हुनुहुन्छ भन्ने प्रश्नमा सुरजले भने-‘मैले पनि उनलाई कहाँ जान मन छ भनेर सोधेको छु, केहि पनि भन्दिनन् ।’ उनले रमाइलो कुरा गर्दै भने-‘मैले घरमै हनिमुन जाउ भन्दा नि उनी तयार हुन्छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment