Comments Add Comment

हिमाल, पहाड र तराईको एकता तोड्ने प्रयास भयोः ज्ञानेन्द्र

gyanendra-2

६ पुस, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र साहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । साथै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् ।

संविधान संशोधनलाई दिएर दलहरुबीच ध्रुविकरण बढिरहेका बेला पूर्व राजा ज्ञानेन्द्रले बुधबार साँझ विज्ञप्ति जारी गरेका छन् । र, राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको बताएका छन् ।

‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइरहेको छ, उनले भनेका छन्, आज नेपाली बीचको समाजिक सद्भाव मेटिँदैछ भने तराई, पहाड र हिमाल माझको ऐक्यभावलाई तोड्न भगीरत प्रयत्न भइरहेको छ ।’

क्रान्तिकारी, परिर्वतनकारी, वलिदानी जस्ता शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भएको भन्दै उनले भनेका छन्, यो अशोभनीय मात्र नभई असैहृय पनि बनिरहेको छ ।’

निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु बलियो नहुने र इतिहासलाई कलंकित गर्दै निहित स्वार्थ पुरा गर्न गरिएको काम प्रशंशित नहुने भन्दै ज्ञानेन्द्रले आफ्नो वक्तव्यमा भनेका छन्, ‘माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति दिन सक्दैन ।’

नेपालको स्थायी सत्ता राष्ट्र र राष्ट्रवासी भएको भन्दै उनले आफ्नो वक्तव्यमा भनेका छन्, दुर्भाग्यवस आजको सन्दर्भमा वाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ ।’

नेपालीको मनमा देशभक्तिको भावना नढलेको भन्दै उनले राष्ट्र जगाउन प्रखर रुपले जाग्ने बेला आएको बताएका छन् । नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न अपिल गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment