Comments Add Comment

फास्ट ट्र्याक निर्माणबारे अध्ययन गर्न सरकारले बनायो कार्यदल

Prachanda-Cabinet-1
फाइल तस्वीर

७ पुस, काठमाडौं । सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले द्रुतमार्ग निर्माणका पहिला तयार गरिएको डिपिआर उपयोग गर्न सकिने वा नयाँ बनाउने, निर्माण कार्यमा जनताको लगानी वा अरु उपायको खोजी गर्नेबारे एक महिनाभित्र सिफारिस गर्नेछ ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, फास्ट ट्र्र्याक स्वदेशी लगानीमा बनाउने भनेपछि आम नागरिकसँग आहृवान गरी रकम संकलन गर्ने कि सरकारको कुनै संस्थाले रकम खर्च गर्ने भन्नेमा कार्यदलले सुझाव दिइनेछ र, त्यस अनुसार नै सरकार अघि बढ्छ ।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ ।

बैठकले शुक्लाफाँट बन्यजन्तु आरक्षणको नाम परिवर्तन गर्ने र त्यसलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।

साथै शान्ति कोष स्थापना गर्ने, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त विषयको विद्येयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले मानव कृतिम अंग प्रत्यारोपणका सम्बन्धमा सहजीकरणका लागि एक संस्थाको स्थापना गर्ने निर्णय गरेको छ भने नेपाल औषधि लिमिटेडको जिएममा रोवसकुशुम सुवेदीलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment