Comments Add Comment

सर्वोच्च लोकमानको सुनुवाइ लम्बियो, वारेस राख्न पाउने

Lokman-Sing-Karki

८ पुस, काठमाडौं । सर्वोच्च अदालतमा अख्तियारका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दाको सुनुवाइ लम्बिने भएको छ ।

शुक्रबार कार्की पक्षधरका अधिवक्ताले बहस गरेका छन् । कार्कीको तर्फबाट अधिवक्ताद्वय माधव बस्नेत र बालकृष्ण न्यौपानेले बहस गरे । तर, अझै धेरै वकिलहरुले बहस गर्न बाँकी नै छ । र, अर्को पेशी पुस २१ गतेका लागि तोकिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा बिहीबारबाट न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहको पूर्ण इजलासमा बहस सुरु भएको थियो ।

यसैबीच सर्वोच्चले कार्की वारेस राख्न दिएको छ । उनी स्वयंम अदालतमा उपस्थित हुनु पर्दैन, बारेस नामा लिएर अरुले नै तारेख बुझ्न सक्नेछन् ।

यसअघि अदालतले लोकमानलाई आफैं उपस्थित हुन आदेश दिएको थियो । तर, बिहीबार तारेख बुझ्न पुग्दा कार्कीमाथि आक्रमण हुनुका साथै कालोमोसो दलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment