Comments Add Comment

एमाले किन भाग्न खोज्दैछ ? मलाई आश्चर्य लागेको छः मन्त्री लेखक

ramesh-lakhak

९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संसदलाई बन्दी नबनाउन प्रमुख विपक्षी एमालेलाई आग्रह गरेका छन् ।

संसद अवरुद्ध गरेर एमालेले राम्रो काम नगरेको भन्द्यदै उनले भने, ‘संसदलाई बन्दी बनाउनु हुँदैन, संसदभन्दा बाहिर समाधान खोजियो भने संसदको अधिकार कुण्ठित हुन्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले संसद सर्वोच्च थलो भएको भन्दै संविधान संशोधनबारे निर्णय गर्ने अधिकार उसलाई नै हुने बताए ।

संशोधन प्रस्तावमा एमालेले विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरे । उनले भने,’संशोधनमा उल्लेख भएका विषयहरु दलहरुवीच यसअघि नै सहमति भैसकेका विषय हुन् ।’

लेखकले प्रदेशको सिमांकन हेरफेरको प्रस्ताव त एमालेकै प्रस्ताव भएको जिकिर गरे । संशोधनमा उल्लेख भएको विषय विगतमा कांग्रेस र माओवादीले ल्याएको प्रस्ताव भएको भन्दै उनले अघि भने बरु त्यतिवेला माओवादी सहमति थिएन । आज मधेसी मोर्चाले सहमति जनाउने स्थिति छ, तर एमाले किन भाग्न खोज्दैछ ? मलाई आश्चर्य लागेको छ ।’

उनले पूर्वराजा ज्ञानेन्द्रले हालै जारी गरेको प्रेस वक्तव्यलाई लिएर मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment