Comments Add Comment

स्वामी आनन्द अरुण अष्ट्रेलियामा, आवासीय ध्यान र प्रवचन हुने

स्वामी तन्मय र कांग्रेस नेता प्रदीप गिरी पनि साथमा

aananda-arun-at-brisbane

२६ डिसेम्बर, ब्रिसबेन । ओशो तपोवन नेपालका संस्थापक आचार्य स्वामी आनन्द अरुण ध्यान शिविर सञ्चालनका लागि अष्ट्रेलिया आइपुगेका छन् ।

स्वामी अरुणसँगै ओशो नेपालका ब्यबस्थापक स्वामी तन्मय र नेपाली कांग्रेसका नेता प्रदीप गिरी आज बिहान ब्रिसबेन आइपुगेका छन् । उनीहरुलाई ओशो अष्ट्रेलियाका अध्यक्ष बिशाल पौडेलले स्वागत गरे ।

पौडेलले दिएको जानकारीअनुसार स्वामी अरुणले क्विन्सल्याण्डस्थित बाइरन बेमा रहेको मेब्लाना कम्युन हलमा भोलीदेखि डिसेम्बर ३० तारिखसम्म आवाशीय ध्यान शिविर सञ्चालन गर्नेछन् ।

सो अबसरमा तनाव ब्यबस्थापनमा ध्यानको महत्व बिषयमा प्रवचन दिने र ओशो ध्यान पद्दतिका ध्यान बिधिहरु सिकाइने पौडेलले जानकारी दिए ।

क्विन्सल्याण्डको शिविर सम्पन्न गरी स्वामी अरुणसहितको टोली डिसेम्बर ३१ तारिख साँझ सिड्नी आइपुग्ने छ ।

जनवरी ४ तारिखमा सिड्नीमा ‘तनावरहित जीवनको सूत्र’ बिषयमा प्रबचन दिनेछन् । अष्ट्रेलियाको ब्यस्त दैनिकीमा जीवनलाई कसरी तनावरहित जिउने भन्ने बिषयमा स्वामी अरुण उपयोगी टिप्स पाइने छ । मेरिल्याण्डको बार्दली फङसन सेन्टरमा साँझ साढे ६ बजेबाट प्रबचन सुरु हुने ओशो अष्ट्रेलियाकी घिमिरेले जानकारी दिइन ।

यसैगरी जनवरी ७ र ८ मा सिड्नीको पेम्बलमा आवासीय ध्यान शिविर सञ्चालन हुने छ । एकदिने शिविरमा सहभागी हुन दिनको १२५ डलर र दुई दिनका लागि २७५ डलर शुल्क लाग्ने घिमिरेले जानकारी दिइन ।

अष्ट्रेलियामा ओशो ध्यान शिविर र जीवन उपयोगी सूत्रहरुको सम्भावना देखेर स्वामी आनन्द अरुणले बिगत पाँच बर्षदेखि हरेक बर्ष यहाँ आएर ध्यान शिविर र प्रवचन कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । गत बर्ष न्यूजिल्याण्डमा पनि शिविर आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment