Comments Add Comment

मस्ती टकः दैनिक ५ हजार खर्च गर्छु, म डेटिङ कोहिसँग पनि जादिनँः बर्षा सिवाकोटी(भिडियो कुराकानी)

barsa-siwakoti
चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा आएकी नायिका बर्षा सिवाकोटी रजतपटमा अहिले स्थान बनाउने क्रममा छिन् । हातमा राम्रै ब्यानरका चलचित्र आएकाले पनि उनलाई दर्शकले नोटिस गर्न थालेका छन् । उनको चर्चा ‘पशुपति प्रसाद’मा मुख्य नायिकाको भूमिका निर्वाहा गरेपछि भयो । हुनत, यो चलचित्रमा उनको भूमिका लामो थिएन । तर, पनि चलचित्र हिट हुँदाको फाइदा नायिकाले पनि लिइन् ।

अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै नायिका सिवाकोटीले चलचित्र मेकरले पत्याएकाले आफूले काम पाइरहेको बताएकी छिन् । उनले आफूलाई इमान्दार, सबैसँग मिल्ने नायिका समेत भनिन् । आफू मिहिनेती कलाकार भएको उनको भनाई छ ।

बर्षासँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः

काठमाण्डौको धुँवा र धुलोले गर्दा राम्रो पहिरन लगाएर हिड्न नमिल्ने उनले सुनाइन् । म्यूजिक भिडियोमा अभिनय गर्दै चलचित्रमा प्रवेश गरेकी थिइन् बर्षा । ‘पशुपति प्रसाद’मा काम गरेपछि म्यूजिक भिडियोमा काम गर्न कम गरेकी यी सुन्दरी अहिले भने दुबै क्षेत्र उस्तै भएको बताउन थालेकी छिन् । काम भनेको दुबैतिर उस्तै हो भन्दै उनले भिडियो खेल्न कम भएपनि नछाडेको बताइन् ।

चलचित्र क्षेत्रमा आफूले अझै पनि काम देखाउन नपाएको उनले बताइन् । बर्षा नामका २ जना नायिका हुँदा दर्शक केहि दोधार हुने गरेको उनले स्विकार गरिन् । नायिका ऋचा शर्मासँग अहिले आफू क्लोज भएको उनले सुनाइन् । तर, आफ्नो स्वभावका कारण चाडै नै ओपन हुन नसक्ने उनले बताएकी छिन् ।

पहिरनको बिषयमा कुरा गर्दै उनले भनिन्-‘म सबै ठाउँमा राम्रो पहिरन लगाएर हिडि्दनँ । तर, देखाउनु पर्ने ठाउँमा पहिरन राम्रो लगाएर देखाउँछु ।’यी सुन्दरीले आफ्नो दैनिक ५ हजार खर्च हुने गरेको समेत सुनाइन् । पेट्रोल, खानादेखि विभिन्न कुराले दैनिक ५ हजार खर्च हुने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment