Comments Add Comment

नेप्से आठ महिना यताकै न्युन बिन्दुमा, वियरिश ट्रेण्ड भएकै हो सुरु ?

nepse-till-the-date

११ पुस, काठमाडौं । हालसम्मको उचाईबाट घट्ने क्रममा रहेको नेप्सेले २३ प्रतिशत अंक गुमाइ सकेको छ । सामान्यतया बजारमा २० प्रतिशतले सुचक वा मूल्य बढ्दा बुलिश ट्रेण्ड सुरु भएको र २० प्रतिशतले नै सूचक वा मूल्य घट्दा वियरिश ट्रेण्ड सुरु भएको मानिन्छ । हालसम्मकै उचाइ १८८१ बाट सोमवार १४३२ मा आइपुगेको नेप्सेले चार सय ४९ अङ्क (२३ प्रतिशत) गुमाइसकेको छ ।

indexनेप्से आठ महिना यताकै न्युन बिन्दुमा आइपुगेको छ । यसअघि बैसाख ७ गते नेप्से परिसूचक १४३० विन्दुमा रहेको थियो । बजार घटेसँगै लगानीकर्ताले बजारबाट चार खर्ब रुपैयाँ गुमाइसकेका छन् । २० खर्बसम्म कुल बजार पूँजीकरण पुगेको सेयर बजारमा यस सामेवार कुल बजार पूँजीकरण १६ खर्बमा सिमित भएको छ ।

रेखा चित्रको आधारमा नेप्सेमा तत्काल दरिलो टेवा रहेको देखिदैन् । १४०९ को आसपासमा सामान्य टेवा रहेपनि यी टेवा दरिलो बन्न सक्नेमा भने आशंका रहेको छ । बजारमा तरलता अभाव हुनु, बैंकहरुको निक्षेपको व्याज दरमा वृद्धि हुनु, सेयर सूचीकरणमा वृद्धि सँगै आपुर्ती बढ्नु, केही महिनासम्म थप लाभांश आउने अवस्था नहुनु, आर्थिक वृद्धिदरमा संकुचन आउने प्रक्षेपणहरु भइरहेकोले बजारमा सकारात्मक प्रभाव देखिन सकेको छैन् ।

top-gainners
बजारमा एक सय ३० कम्पनीको सेयर किनबेच भएपनि १३ कम्पनीको मात्र मूल्य बढेको छ । बजार घट्दा पनि जनउत्थान सामुदायिक, मेरो माइक्रोफाइनान्स जस्ता लघुवित्त कम्पनीको मूल्य नौं प्रतिशतसम्म बढ्यो । समस्याग्रस्तबाट सुधारमा दिशामा अगाडी बढिरहेको एनबी इन्स्योरेन्स कम्पनीको मूल्यमा पनि ७ प्रतिशतसम्म वृद्धि भयो ।
बजारमा यस दिन सबै समूहको परिसूचक भने घटेको छ । यस दिन ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बीमा कम्पनी र वाणिज्य बैंकहरुको मूल्य घटेको अवसर पारेर खरिद दारी भने केही बढेको छ । तर मागको तुलनामा आपुर्ती अझै धेरै रहेकोले मूल्य भने बढ्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment