Comments Add Comment

निखिलका लागि ‘किङ्ग’, ‘किङ्ग’का लागि निखिल कति महत्वपूर्ण ?

nikhil-and-jagan
नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘किङ’ पौष २८ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्रको प्रचारमा निखिल नदेखिएपछि विभिन्न खालका टिकाटिप्पणी बजारमा चलिरहेका छन् ।

निखिल र निर्माता जयन श्रेष्ठविचको लफडाका कारण समस्या उत्पन्न भएको समेत चर्चा नचलेको होइन । केहि दिन अगाडि, मिडियासँगको भेटघाटमा चलचित्रका मुख्य कलाकार वेनिशा हमाल र अनुपविक्रम शाही उपस्थित हुँदा पनि निखिल देखिएनन् ।

आखिर, आफ्नै चलचित्रका लागि निखिल किन यति धेरै हेलचक्राई गर्दैछन् भन्ने प्रश्न पनि उठेको थियो । तर, आफू चलचित्र ‘रुद्र’को छायांकनमा व्यस्त भएकाले पनि ‘किङ’लाई समय दिन नसकेको निखिलको भनाई छ ।

सविर श्रेष्ठ निर्देशित एक्सन चलचित्र निखिलका लागि पनि विशेष छ । निखिलका लागि यो चलचित्र यो बर्षका लागि पहिलो रिलिज हो । यता, निखिलले समय नदिएको भए चलचित्रका निर्मातालाई पनि गाह्रो पर्दथ्यो । किनकी, निखिलको बोलीमै उनका फ्यान हलसम्म आउने हुन् । यसैले पनि निखिलका लागि चलचित्र र चलचित्रका लागि निखिल महत्वपूर्ण देखिएका छन् ।

उनले अब आफूले ‘किङ’का लागि समय दिने बताए । बजारमा निखिलमाथि करोडौ लगानी भैरहेको छ । यस्तो अवस्थामा, निखिलका लागि यो चलचित्र चल्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment