Comments Add Comment

नेपाल टेलिकमको फोर जी सेवा आजबाट

आइफोनमा भने तत्काल नचल्ने

4g-internet

१७ पुस, काठमाडौं । नेपाल टेलिकमले आइतबारबाट नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोर जी) सुरु गर्दैछ । अंग्रेजी वर्ष सन् २०१७ को अवसरमा काठमाडौं र पोखराबाट फोर-जी सेवा सुरु गर्न लागिएको हो ।

मध्यान्ह १२ बजे सोल्टी होटलमा आयोजित विशेष समारोहबाट फोर जी सेवाको उदघाटन हुने छ ।

फोर जी सेवा सुरु भएपछि अहिलेसम्म चलिरहेको भन्दा द्रुतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा पाइने छ । अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड छ । तर, फोर जीको न्युनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने नेपाल टेलिकमको दाबी छ ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले आइतबार फोर जीबारे विस्तृत विवरणहरु सार्वजनिक गर्ने बताए ।

आइफोनमा तत्काल नचल्ने

फोर जी सेवा हाल काठमाडौं र पोखराका एनटिसीका सेवाग्राहीले प्रयोग गर्न पाए पनि बिस्तारै अन्य शहरहरुमा पनि एक्टिभ गरिने टेलिकमले जनाएको छ ।

यो सेवा काठमाडौं र पोखराका सबै नेपाल टेलिकमका प्रयोगकर्ताले फोरजी सेवा पाउने छैनन् । किनभने टेलिकमले चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकलाई तत्काल यो सेवा दिन सक्ने छैन ।

केही समयपछि भने आइफोनमा पनि फोर जी चल्ने टेलिकमको प्राविधिक स्रोतले बतायो । टेलिकमले समयमै आइफोनमा फोर-जी चल्ने गरी एप्पल कम्पनीसँग समन्वय नगर्दा सुरुवातमै आइफोन बाहक फोर जी प्रयोगबाट बञ्चित हुने अवस्था आएको हो ।

आइफोनका फोर जी कम्प्याटेबल मोडलमा पनि फोरजी नचल्नुको कारण हो, कम्पनीको सेक्युरेटी फिचर्स ।

त्यसलाई फोर जी चल्नयोग्य बनाउने गरी टेलिकमले केही समयअघि नै एप्पललाई आग्रह गरेको भए यो अवस्था आउने थिएन । एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ गरिदिएको छैन ।

ढिला गरेर टेलिकमले केहीदिन अघि मात्रै एप्पललाई यसका लागि आग्रह गरेको छ । तर, तत्काल यो सम्भव नभएकाले सुरुवातमा फोरजी चल्ने अवस्था देखिएको छैन ।

एनसेलले भने फोरजीको अनुमति नपाए पनि एप्पलबाट लोकेशन इनेबल गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment