Comments Add Comment

यातायात मन्त्रीको घोषणा- लाइसेन्स लिने सबै प्रक्रिया अब एक घण्टाभित्रै

ramesh-lekhak१७ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले चालक अनुमति पत्र (लाइसेन्स) लिने सबै प्रक्रिया एक घण्टाभित्रै पूरा गर्ने घोषणा गरेका छन् ।

आइतबार स्वयम्भुको ठूलो भर्‍याङमा यातायात कार्यालय उदघाटन गर्दै मन्त्री लेखकले भने, ‘यातायात क्षेत्रमा सुधारको काम थालनी भइसकेको छ । अब आधा घण्टाभन्दा बढी कार्यालयमा लाइन बस्नुपर्ने वातावरण बन्दैन ।’

देशभरका यातायात कार्यालयमा अनलाइन आवेदन फारमको व्यवस्था मिलाइने भन्दै मन्त्री लेखकले दर्ता र नविकरणको काम पनि अब अनलाइनमार्फत् नै गर्ने घोषणा गरे ।

उनले अनलाइनबाट आवेदन लिन सुरु गरिसकेको र काठमाडौंमा यातायातका थप कार्यालय खुल्ने प्रक्रियामा रहेको जानकारी दिए । अनलाइन प्रणालीमा काम भए पनि सेवाग्राहीले कर्मचारीलाई रिझाएर काम गराउनुपर्ने बाध्यता हट्ने मन्त्री लेखकको विश्वास छ ।

‘अब यातायात कार्यालयमा आउँदा सेवाग्राहीले कर्मचारीलाई खुसी बनाइरहनु पर्दैन । त्यसता कोही कर्मचारी भए सरकारले कारबाही गर्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस्  

स्वयम्भुमा पनि खुल्यो यातायात कार्यालय, लाइसेन्स लिन एकान्तकुना धाउनु नपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment